गोर्खाको माग सम्बोधन गर्न प्रारम्भिक बैठक सम्पन्न

लन्डन । भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायत माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ ।
लण्डनस्थिति नेपाली दूताबासमा संयुक्त अधिराज्यका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनबीचको बैठक सम्पन्न भएको हो ।
बैठकमा भूपू गोर्खाको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधि सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि शुरू हुने वार्ताको लागि समिति गठन, वार्ता समितिका शर्त एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
बैठकमा भूपू गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसोका सभापति कृष्णकुमार राई, बिजीडब्लीएसका अध्यक्ष टिकेन्द्र दल देवान, नेसाका अध्यक्ष केशबहादुर गुरूङ, गोर्खा पेन्सन इन्जस्टिक ग्रुपका अध्यक्ष उदयबहादुर गुरूङ, युबिजीनका अध्यक्ष राम राई, आमरण अनशनमा बसेका गोर्खा सत्याग्रहका तीन जना प्रतिनिधि ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङ, गोर्खा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङ एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्न बहादुर गोदारको उपस्थिति थियो ।
गत महिना गोर्खा सत्याग्रह संघर्ष समितिको पहलमा भएको आमरण अनसन तोड्दा बेलायत सरकारले गोर्खाहरुको मागका सम्बन्धमा नेपाल सरकार र गोर्खासमेतसँग वार्ता गर्ने प्रतिबद्धता गरेको थियो । डिसेम्बर महिनाभित्रै दुई देशबीचको वार्ता गर्ने र त्यसको तयारीस्वरुप सेप्टेम्बर ८ मा पहिलो बैठक गर्ने सहमति त्यतिबेलै गरिएको थियो र सोही वाचाअनुरुप बुधबारको बैठक सम्पन्न भएको दूताबासले जनाएको छ ।










निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
प्रतिनिधिसभा निर्वाचन : पहिलो दिनमै दल दर्ता उत्साहजनक
बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न
Govt ensures safety to private sector: Finance Minister
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया