बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७८ भदौ २४ गते १५:१५

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ फागुन ११ गते र २०७८ वैशाख ८ गतेको फैसलाले ७ दिन कैद र ११ लाख जरिवाना सुनाएका काठमाडौं महानगरपालकिा-१० घर भइ हालगोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्दै आएका ४२ वर्षीय उमेश लामालाई पक्राउ गरेको हो ।
पक्राउ परेका लामाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर कृषि विकास बैंकको चेक आफ्नो खाताबाट भुक्तान हुने गरी दिएका थिए । उनलाई महाराजगञ्जबाट खटिएको प्रहरीले लामालाई नयाँबस्ती जोरपाटीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।
सम्बन्धित


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया