बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७८ भदौ २४ गते १५:१५

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ फागुन ११ गते र २०७८ वैशाख ८ गतेको फैसलाले ७ दिन कैद र ११ लाख जरिवाना सुनाएका काठमाडौं महानगरपालकिा-१० घर भइ हालगोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्दै आएका ४२ वर्षीय उमेश लामालाई पक्राउ गरेको हो ।
पक्राउ परेका लामाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर कृषि विकास बैंकको चेक आफ्नो खाताबाट भुक्तान हुने गरी दिएका थिए । उनलाई महाराजगञ्जबाट खटिएको प्रहरीले लामालाई नयाँबस्ती जोरपाटीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।
सम्बन्धित











प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया