एमसीसी उपाध्यक्षको दौडधुप
ओली पछि बाबुराम र माधव नेपालसँग पनि भेटवार्ता
ओलीलाई बालकोट पुगेर भेटकी एमसीसीकी उपाध्यक्ष फातिमाले बाबुरामसँग मेरियट होटल र माधव नेपालसँग सिहंदरवारमा भेटवार्ता गरेकी छिन्

काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा जेड सुमार सहितको प्रतिनिधिमण्डललले आफनो राजनीतिक भेटघाटलाई तिव्र बनाएको छ ।
नेपालका राजनीतिक दलहरुवीच एमसीसी संसदवाट पारित गराउन लविड गर्ने उदेश्यले नेपाल आएको फातिमा नेतृत्वको टोलीले काठमाडौं आएपछि पहिलो भेटघाट पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको बालकोट स्थित निवासमा पुगेर शुरु गरेको थियो ।
ओलीसँग बालकोटमै पुगेर सवा घण्टा भेट गरेको टोलीले एमसीसी लामो प्रक्रियाका आधारमा नेपालले पाएको र यसले नेपालको विकास र समृद्धिमा योगदान गर्ने भएकोले संसदवाट पारित गराउन सहयोगी भूमिका खेल्न आग्रह गरेको थियो ।
त्यसपछि वालकोटावाट फर्केको टोलीले आफै बस्ने होटल नक्सालस्थित मेरियट होटलमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा वाबुराम भटटराईसँग भेट वार्ता गरेको थियो । झण्डै पौने घण्टा मात्रै बाबुराम भटटराईसँग भेट गरेको फातिमा नेतृत्वको एमसीसीको टोलीले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पन िभेटवार्ता गरेको छ ।
नेपालसँग भने यो टोलीले तेस्रो राजनीतिक भेटघाटका रुपमा सिंहदरवारस्थित अन्तराष्टिय श्रम सम्वन्ध समितिको हलमा भेटवार्ता गरेको थियो ।
भटटराई भने मेरियट होटलमै फातिमासँगको भेटका लागि पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भने उनको भेटघाट आज नरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले बताए ।















खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया