यी हुन् माओवादीमा मन्त्रीको दाबेदार

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट गठबन्धन सरकारमा पठाउने मन्त्रीमा आकांक्षीहरू धेरै भएपछि कसलाई पठाउने टुंगो लगाउन कठिन भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक स्मृतिसभा समारोहमा सरकारमा मन्त्रीहरूको नाम पठाउन सकस परेको बताएका थिए । उनले उक्त समारोहमा आफ्ना पार्टीका सबै सांसदलाई मन्त्री चाहिएकाले मन्त्री छान्न सजिलो नभएको बताए ।
मन्त्रीका आकाक्षी धेरै भएपछि माओवादी केन्द्रले एक प्रदेशबाट एक जना मन्त्री बनाउने नीति बनाएको छ । सोहीअनुसार मन्त्री छनोट भएमा एक प्रदेशबाट एक जना मन्त्री बन्ने छन् । पार्टीको बागमती र कर्णाली प्रदेशबाट मन्त्री बनिसकेका छन् ।
बागमती प्रदेशबाट पम्फा भुसाल र कर्णाली प्रदेशबाट जनार्दन शर्मा मन्त्री भएका छन् । अन्य प्रदेशबाट मन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको छ । माओवादी केन्द्रबाट मन्त्री हुने चर्चामा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, मातृका यादव, हितवहादुर तामाङ, कमला रोका, अमनलाल मोदी, शिवकुमार मण्डलले समेत दाबी गर्दै आएका छन् ।
















एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
10 injured in bus- microbus collision
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया