सेनालाई घर बनाउन २५ लाख ऋण दिने प्रधान सेनापतिको घोषणा

काठमाडौं । नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि २५ लाख ऋण दिने घोषणा गरेका छन् ।
उनले सैनिक कल्याणकारी कोषबाट सेनालाई घर बनाउन २५ लाख ऋण दिने घोषणा गरेका हुन् । शुक्रबार पदबहाली गरेपछि सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापछि शर्माले १० वर्ष सेवा पुरा गरेका सैनिकलाई २५ लाख बराबरको सहुलियतपूर्ण ‘आवास कर्जा’ दिने घोषणा गरे ।
सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन् भन्ने आफ्नो चाहना भएको उनले बताए ।
राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मुल ग्रन्थ पुनरावलोकन गरिने पनि प्रधानसेनापछि शर्माले उल्लेख गरे । सोही क्रममा उनले राष्ट्रिय गौरवको आयोजना द्रुतमार्गलाई निर्धारित समयमा पूरा गर्न विशेष पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।


















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया