मानव बेचबिखन आरोपमा दुई महिला समातिए, दुई युवतिको उद्धार

सिरहा । मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लैजाने सिरहा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका–३ चोहर्वाबाट दुई महिलालाई पक्राउ गरेको हो ।
सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नगरपालिका १ बाखैरकी ३५ वर्षीया उषा देवी मलाहलाई प्रहरीले पक्राउ गरेको छ । भारततर्फ लगिँदै गरिएका दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।
उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी ललाइफकाई त्यसतर्फ लगेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।
लहान आइसकेपछि चोहर्वा ओरालेर माडरतर्फ लैजान लागेकोबेला इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । यसमा संलग्न अन्य अभियुक्तहरुकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया