मंगलबार, पुष १५, २०८२

मानव बेचबिखन आरोपमा दुई महिला समातिए, दुई युवतिको उद्धार

मेरोन्यूज २०७८ भदौ २६ गते १५:२५

सिरहा । मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लैजाने सिरहा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका–३ चोहर्वाबाट दुई महिलालाई पक्राउ गरेको हो ।

सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नगरपालिका १ बाखैरकी ३५ वर्षीया उषा देवी मलाहलाई प्रहरीले पक्राउ गरेको छ । भारततर्फ लगिँदै गरिएका दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।

उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी ललाइफकाई त्यसतर्फ लगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

लहान आइसकेपछि चोहर्वा ओरालेर माडरतर्फ लैजान लागेकोबेला इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । यसमा संलग्न अन्य अभियुक्तहरुकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया