२९ वर्ष देखि वन्दी रहेका पेरु माओवादीका नेता गोज्जालोको निधन

काठमाडौँ । पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ । २९ वर्षदेखि रिनन्तर वन्दी जीवन विताईरहेका गोन्जालोको जेलभित्रै निधन भएको हो ।
८६ वर्षको उमेरमा उनको शनिबार बिहान मृत्यु भएको पेरुका न्याय मन्त्री अनिबल टोरेसले पुष्टि गरेका छन् ।
लामो समयदेखि जेलभित्रै उनी बिरामी अवस्थामा थिए ।
पेरुको जनयुद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट उनी गिरफ्तारीमा परेका थिए । त्यसपछि उनलाई त्यहाँको सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर भएको थियो ।
८६ बर्षको उमेर पुग्दापनि उनलाई जेलमै राख्नु पेरु सरकारको अमानवीय कार्य भएको भन्दै अन्तराष्टिय रुपमा कम्युनिष्ट पाटीृहरुले विरोध जनाउँदै आएका थिए ।
पेरुको तत्कालिन फुजिमोरी सरकारले अमेरिकाको आडमा पेरुभियाली जनताको लागि संघर्ष गर्ने गोञ्जालोलाई आजीवन काराबास राख्ने सजाय दिएको थियो ।
पेरुको जनयुद्ध रणनीतिक रक्षाबाट सन्तुलनमा पुगेर प्रत्याक्रमणको तयारीकै क्रममा पुगेको बेला गोञ्जालो गिरफ्तारीमा परेका थिए ।
पेरु कम्युनिस्ट पार्टीको नेतृत्वमा शुरु भएको जनयुद्ध संसारका क्रान्तिकारी कम्युनिष्टहरुका लागि प्रेरणाको स्रोत र कम्युनिस्ट पार्टीको अंग भएको थियो । नेपालमा माओवादीले पनि पेरुको जनयुद्द र गोन्जालोको पेरणाले क्रान्ति शुरु गरेका थिए ।
प्रतिक्रिया