कांग्रेस नेता महतोको निधन
कैलाली । नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षको उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य महतोको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि मेडिकल कलेज पु¥याइएको थियो ।
पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उनी कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता थिए । कांग्रेसको नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य महतोको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए ।उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया