मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीन जना पक्राउ
मेरोन्यूज
२०७८ भदौ २७ गते १३:१४

काठमाडौँ । पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीन जना काठमाडौँ र धादिङबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरिएको छ । ३ जना युवाहरुले भदौ २५ मा मातृका आँखा अस्पतालमा बम राखेर अस्पतालमा सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए । प्रहरीले उनीहरुलाई सोही अभियेगमा पक्राउ गरेको थियो ।
मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयमा बम फेला परेको थियो । फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।
सम्बन्धित


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया