नेपालको जनसंख्या बराबर नै इन्टरनेटको प्रयोग

काठमाडौं । नेपालमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जनसंख्याभन्दा बढीको पहुँचमा पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको (व्यवस्थित सूचना प्रणाली) एमआईएस प्रतिवेदन अनुसार नेपालभरका ३ करोड ९ लाख ५४ हजार जनासम्म यो सेवा पुगेको छ ।
प्राधिकरणले सन् २०११ देखि २०३१ सम्मको जनसंख्या वृद्धिलाई अनुमान र केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार हाल ३ करोड भन्दा बढी जनसख्या भएको अनुमानसहित उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
दुरसञ्चारले इन्टरनेट प्रयोगकर्ताको संख्या भने एउटा सब्सक्राइबर बराबर ४ जना अर्थात एक घरमा कम्तिमा ४ जनाको आधारमा गणना गर्ने गरेको जनाएको छ ।
गत जेठदेखि असार महिनासम्म मात्रै ब्रोडब्याण्ड इन्टरनेट चलाउने प्रयोगकर्ता करिव ३२ प्रतिशतले बढेका छन् । जेठ महिनासम्म २ करोड ७७ लाख ६ हजार ७ सय ११ जना रहेका ब्रोडब्याण्ड प्रयोगकर्ता असारमा बढेर ३ करोड ९ लाख पुगेको प्राधिकरणले जारी गरेको प्रतिवेदनले जनाएको छ ।
यस अवधिमा नेपाल टेलिकमले मात्रै आफ्नो इन्टरनेट सेवा प्रयोगकर्ता २८ लाख ६० हजार जनाले बढाएको छ । गत जेठमा नेपाल टेलिकमको मोबाइल, फिक्स्ड (वायर र वायरलेस) सेवाबाटा ब्रोडब्याण्ड इन्टरनेट चलाउनेको संख्या १ करोड ३८ लाख ६८ हजार थियो । असारमा भने उक्त प्रयोगकर्ता बढ्दै १ करोड ६७ लाख २९ हजार पुगेका हुन् ।
यस अवधिमा टेलिकमले आफ्ना फोरजी ग्राहक २० लाखले बढाएको छ ।
यस्तै एनसेलले २ लाख ३८ हजारले बढाउँदा इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरुले भने १ लाख ३३ हजारले बढाएको प्रतिवेदनमा उल्लेख छ ।
हाल एनसेलले उपलब्ध गराउने इन्टरनेट प्रयोग गर्नेको संख्या ७५ लाख ५ हजार पुग्दा आइएसपीको सेवा प्रयोग गर्ने ६५ लाख ५२ हजार जना पुगेका छन् ।
जसका कारण सर्वसाधारणले इन्टरनेटको प्रयोग सबै जनसंख्याले प्रयोग गरेको सामाजिक सञ्जालमा भाव प्रकट समेत गरेका छन् ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया