एमसीसीकी उपाध्यक्षले भनिन्, सम्झौताको कुनै अन्तिम समय सीमा छैन
‘अनुमोदन नभई कार्यान्वयनमा जाँदैन, जतिसक्दो छिटो सम्झौता अनुमोदन हुन्छ, त्यत्ति नै नेपालको अर्थतन्त्रलाई फाइदा गर्छ’

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालमा संसदवाट अनुमोदनका लागि चार दिने राजनीतिक लविङमा नेपाल आएकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले सम्झौताको कुनै अन्तिम समय सिमा नरहेको बताएकी छिन् । नेपालले चार वर्ष अगाडी २०७४ भदौं ३० मा सम्झौता पारित गर्न संसदमा दर्ता गराएपनि राजनीतिक दलहरुभित्रकै धुव्रिकरणका कारण सम्झौता संसदमा पेश हुन सकेको छैन ।
गत वर्ष भदौं भित्र पारित नभए सम्झौताको समयसिमा सकिने बताईएको थियो । तर उपाध्यक्ष सुमारले नेपाल भ्रमणमा आएर सम्झौताको कुनै समयसिमा नरहेको बताएकी हुन् ।
उनले नेपाल भ्रमणमा आएर प्रधानमन्त्री शेरवहादुर देउवा देखि यहाँ संसदमा रहेका सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरी सम्झौता कार्यान्वयमा जोड दिएकी थिइन् ।
आजै स्वदेश फर्किनु अगाडी पत्रकार सम्मेलन गदै उपाध्यक्ष सुमारले एमसीसी सम्झौता सदनवाट अनुमोदन भएपछि मात्र कार्यान्वयन हुने वताइन् । उनले नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा पुग्ने जिकिर पनि गरिन् । नेपालमा एमसीसी सम्झौता भएपछि ८ ओटा सरकार फेरिइसकेको तर सवैले कार्यान्वयनमा प्रतिवद्धता जनाए पनि कार्यान्वयमा भने जान नसकेको विषयमा वोलेकी थिइन् ।
उनले नेपालकै आग्रहमा एमसीसी सम्झौँता भएको भन्दै सदनवाट अनुमोदन भएपछि मात्र यसको कार्यान्वयन हुने वताइन् ।
उनले नेपालका राजनीतिक दलका नेता देखि होटलमा सांसदसम्म जम्मा गरेर गरेको कार्यक्रममा समेत समझौता कार्यन्वयनमै जोड दिएकी थिइन् ।
नेपालभित्र यसको संसोधन विना कार्यान्वयनमा लैजान नहुने र संसदवाट अनुमोदन गर्न नहुने जनमत वाक्लो छ । तर सुमारले नेपालका नेताहरुलाई फकाउँदै सम्झौता कार्यान्वयन गर्नका लागि आफु दवाव दिने उदेश्यले भने नेपाल नआएको बताएकी थिइन् । तर उनले जसजसलाई भेटिन, सम्झौता अव अनुमोदन नहुने हो भने अमेरिकाले कुरेर नवस्ने भन्दै दवाव नै वढाएकी थिइन् ।
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया