भारतमा कोरोनाका २८ हजार संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २८ हजार ५९१ जना सङ्क्रमित थपिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २० हजार ४८७ जना केरलाका राज्यमा मात्रै रहेका छन् ।
पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख ३६ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८४ हजार ९२१ रहेको छ ।
त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ६५५ पुगेको छ । तीमध्ये ३३८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
सोही अवधिमा ३४ हजार ८८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २४ लाख नौ हजार ८४८ रहेको छ ।
भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । (एजेन्सी)














रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया