चोरीका १६ वटा मोटरसाइकलसहित ६ जना पक्राउ

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले चोरीका १६ वटा मोटरसाइकल सहित ६ लाई जना पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा नवलपुरको मध्यबिन्दु नगरपालिका १० बस्ने २९ वर्षीय मुकेश थापा, बिनयी त्रिवेणी गाउँपालिका २ बस्ने बर्ष ३० को गंगाबहादुर मगर, मध्यबिन्दु नगरपालिका १० बस्ने बर्ष ३३ का दिलबहादुर सोती, बिनयी त्रिवेणी ४ बस्ने बर्ष २३ का प्रेमबहादुर परीयार, बिनयी त्रिवेणी ४ बस्ने बर्ष २० को मिलन थापा र पाल्पा निस्दी गाउँपालिका ७ बस्ने २५ वर्षीय खेमबहादुर सारु छन् ।
समातिएका मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्र्पक गरेर बुझाउने प्रक्रिया सुरु भएको गिरीले बताए ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया