चोरीका १६ वटा मोटरसाइकलसहित ६ जना पक्राउ

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले चोरीका १६ वटा मोटरसाइकल सहित ६ लाई जना पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा नवलपुरको मध्यबिन्दु नगरपालिका १० बस्ने २९ वर्षीय मुकेश थापा, बिनयी त्रिवेणी गाउँपालिका २ बस्ने बर्ष ३० को गंगाबहादुर मगर, मध्यबिन्दु नगरपालिका १० बस्ने बर्ष ३३ का दिलबहादुर सोती, बिनयी त्रिवेणी ४ बस्ने बर्ष २३ का प्रेमबहादुर परीयार, बिनयी त्रिवेणी ४ बस्ने बर्ष २० को मिलन थापा र पाल्पा निस्दी गाउँपालिका ७ बस्ने २५ वर्षीय खेमबहादुर सारु छन् ।
समातिएका मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्र्पक गरेर बुझाउने प्रक्रिया सुरु भएको गिरीले बताए ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया