वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई निर्वाचित भएका छन् ।
समाजको आइतबार सम्पन्न १२औँ साधारणसभाले आगामी दुई वर्षका लागि भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाईं निर्विरोध निर्वाचित हुनुभएको समाजका सल्लाहकार रामजी बगालेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको भन्दै अधिकांश नेपाली रहरले नभई वाध्यताले विदेशिनु परेको बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कोभिडले मुलुकको आर्थिक गतिविधि ठप्प बन्दासमेत विप्रेषणका कारण देशको अर्थतन्त्र चलायमान बनेको भन्दै वैदेशिक रोजगारले मुलुकलाई पु¥याएको योगदानको प्रशंशा गर्नुपर्ने बताए ।
कार्यक्रममा समाजको प्रकाशत ‘श्रम तथा आप्रवासन’ स्मारिका विमोचन गरिएको थियो ।


















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया