सोमबार, पुष १४, २०८२

बाकेमा एक जना बेपता

मेरोन्यूज २०७८ भदौ २८ गते ९:५२

काठमाडौँ । बाकेमा एक जना व्यक्ती बेपता भएका छन् । उनलाई बाघले खाएको बताइए पनि प्रहरीले संका मात्रै भएको बताएको छ ।

बेपता भएका बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम (गाभर) का ती व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक (इन्सपेक्टर) शरण बहादुर भण्डारीले ती व्यक्तिलाई बाघले खाएको सूचना आएको बताए ।

उनले ती व्यक्ति मानसीक रुपमा विक्षिप्त भएकाले हराएको पनि हुन सक्ने बताए । पूर्व पश्चिम राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको बताइएको थियो ।

प्रतिक्रिया