कांग्रेस चौधौं महाधिवेशन
परिमार्जित कार्यतालिकामा पनि निर्वाचन असम्भव

काठमाडौं । नेपाली कांग्रेसले चौधौं केन्द्रीय महाधिवेशनको मितिबाहेक अन्य अधिवेशनको कार्य तालिका भदौं २५ मा पुनःपरिमार्जित गरेर सार्वजनिक गर्यो ।
कांग्रेस निवार्चन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार क्रियाशील विवादकै कारण वडा अधिवेशन हुन नसकेका २१ जिल्लासहित ५६ जिल्लाको पनि निर्वाचन कार्यतालिका हेरफेर भएको छ ।
नगर, प्रदेशसभा क्षेत्रीय,एक मात्र क्षेत्र भएका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र मिति पुनः परिर्माजन भएको हो । गाउँ तथा नगरपालिका अधिवेशन ९ असोजमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोजमा, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्ला अधिवेशन १५ असोजमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको अधिवेशन १८ असोजमा तोकिएको छ ।
तर प्रदेश अधिवेशन १० देखि १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा तोकिएको छ । ५६ जिल्लामा भदौ १८ गतेदेखि वडा तहको अधिवेशन शुरु भएका जिल्लामा भदौं २५ गतेसम्म सकिएको छ ।
तर पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील विवाद हुँदाहुँदै प्रहरी प्रशासन लगाएर पेलेर नै गत शुक्रबार अधिवेशन भएको भन्दै पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि जनाएका थिए ।
त्यसलगतै पार्टी सभापति देउवाको दबाबमा निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पुन नयाँ परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरे ।
अझै पनि ती जिल्लाको क्रियाशील समस्या समाधान नहुँदा परिमार्जित कार्यतालिका अनुसार अधिवेशन हुने नहुने अन्योल छ ।
प्रदेश २ का आठ ओटै जिल्लामा क्रियाशील सदस्यता वितरणमा उपसभापति विमलेन्द्र निधिले असन्तुष्टि जनाएका कारण समस्या देखिएको छ ।
निर्वाचन समितिका सदस्य कृष्णगोपाल घिमिरेले निर्वाचन समितिले ५६ जिल्लाको परिमार्जित मिति तोके पनि क्रियाशील सदस्यको नामावली नदिएको बताए ।
घिमिरेका अनुसार २१ जिल्लामा प्राय तराईका जिल्लाहरु रहेका छन, तराईका जिल्लामा त्रियाशील नामावली १ गते दिएमा पनि निर्वाचन समितिले चार दिनमा तयारी पूरा गर्न सक्छ तर डोल्पा, बाजुरा र सिन्धुपाल्चोक लगायतका हिमाली र पहाडी जिल्लामा अधिवेशन गर्न निकै गाह्रो छ ।
घिमिरेका अनुसार पार्टीले क्रियाशील सदस्यको नामावली निर्वाचन समितिका आएपछि मात्र निर्वाचन अधिकृत चयन गर्ने हो । यदि जतिछिटो पार्टीले क्रियाशील सदस्यको नामावली आउँछ त्यति नै चाँडो तयारी गर्न सजिलो उनको भनाई छ ।
“निर्वाचन निकै जटिल कार्य पनि हो, अबको निर्वाचन एकै पटक गर्न निर्वाचन समिति चाहन्छौं त्यस कारण पार्टीले क्रियाशील सदस्यता नामावली पठाए दिए हुने भन्ने हामीलाई छ ।”– घिमिरेले भने ।
पार्टी कार्यालय र सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बाँकी जिल्लाको क्रियाशील सदस्यता विवरण निर्वाचन समितिलाई दिने बचन दिएका थिए । केन्द्रीय समिति बैठकले नेता रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले क्रियाशील सदस्य समाधान गर्न नसकेपछि पुनः साउन ३२ मा बसेको पदाधिकारी बैठकले क्रियाशील विवाद देखिएका जिल्लाको समाधान गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वमा तीन सदस्य समिति बनाएको थियो ।
उक्त समितिले भदौं ३ मा नै २१ जिल्लाको क्रियाशील विवाद टुङ्गो लगाएर पनि आफ्नो प्रतिवेदन पार्टी सभापतिलाई बुझाइसकेको छ । तर अहिलेसम्म पार्टीले क्रियाशील सदस्यता सार्वजनिक गर्न सकेको छैन ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया