झलनाथ खनाललाई भेट्न डल्लु पुगे देउवा
मेरोन्यूज
२०७८ भदौ २८ गते १९:१७

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा अपरान्ह पाँच बजे खनाल निवास डल्लुमा पुगेका थिए ।
झण्डै ४५ मिनेट भएको वार्तामा प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए ।
‘प्रधानमन्त्रीज्यू पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य स्थिति बुझ्न उहाँको निवास डल्लुमा पुग्नु भएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘अन्य कुनै कारण थिएन, उहाँलाई भेट्न जान ।’
यसअघि पनि खनाल उपचारबाट फर्किएपछि देउवा खनाल निवासमै पुगेर भेट गरेका थिए ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया