भारतमा दैनिक कोरोना संक्रमित २५ हजारमा झर्यो
मेरोन्यूज
२०७८ भदौ २९ गते १४:४८

काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक संक्रमितको संख्या घटेको छ । पछिल्लो समय दैनिक २५ हजार मात्रै कोरोना संक्रमित भेटिएका छन् ।
सरकारी अधिकारीहरूले मंगलबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ संक्रमित थपिएका हुन् । भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ संक्रमित थपिएका थिए ।
यस्तै, आइतबार सार्वजनिक गरिएको विवरणमा २८ हजार ५९१ जना र शनिबार ३३ हजार ३७६ जना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ३३९ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया