भारतमा दैनिक कोरोना संक्रमित २५ हजारमा झर्यो
मेरोन्यूज
२०७८ भदौ २९ गते १४:४८

काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक संक्रमितको संख्या घटेको छ । पछिल्लो समय दैनिक २५ हजार मात्रै कोरोना संक्रमित भेटिएका छन् ।
सरकारी अधिकारीहरूले मंगलबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ संक्रमित थपिएका हुन् । भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ संक्रमित थपिएका थिए ।
यस्तै, आइतबार सार्वजनिक गरिएको विवरणमा २८ हजार ५९१ जना र शनिबार ३३ हजार ३७६ जना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ३३९ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित













गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
मकवानपुरमा निर्वाचन प्रहरीका लागि दुई हजार बढीको आवेदन
एमालेको राजधानी विशेष कमिटीको घोषणा
रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रतिक्रिया