स्वास्थ्यमा कर्मचारी हेरफेरः ट्रमा सेन्टरमा डा.जोशी, सञ्चार केन्द्रमा शर्मा
मेरोन्यूज
२०७८ भदौ २९ गते १८:२८

काठमाडौं । सरकारले ट्रमा सेन्टरको निर्देशकमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा.जोशीलाई निर्देशकमा नियुक्त गरेका हुन् । हाडजोर्नी रोग विशेषज्ञ डा. जोशी १० औं तहका कर्मचारी हुन् ।
यसअघिका ट्रमा निर्देशक डा सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरेको छ । उनको काज भने ट्रमा सेन्टरमा नै राखिएको छ ।
त्यसैगरी, स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा स्वास्थ्य शिक्षा समूहका सुनील शर्मालाई जिम्मेवारी दिइएको छ । शर्माले पहिला पनि केन्द्रको नेतृत्व सम्मालेका थिए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा उनलाई सो जिम्मेवारीबाट हटाएर भुमिकाविहिन बनाइएको थियो ।
केन्द्रकी निर्देशक राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरिएको छ ।
सम्बन्धित
















लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया