माओवादी केन्द्रले बनायो निर्वाचन आयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय, प्रदेश तथा केन्द्रको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले विष्णुपुकार श्रेष्ठको संयाजकत्वमा २२ सदस्य पार्टीको निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचनबारेमा नीति बनाउने जिम्मा उक्त आयोगलाई दिइएको महराले जानकारी दिए ।
प्रवक्ता महराकाअनुसार स्थायी कमिटी बैठकमा पार्टीको विधान संशोधन, निर्वाचन आयोग, विभिन्न पार्टीबाट आएका नेता कार्यकर्ताको समायोजन र प्रदेशका पदाधिकारी थपघट गर्नेबारे चार वटा एजेण्डा थिए ।
पार्टीको विधान तयार भइसकेको र भाषामा केही थपघट गर्नुपर्ने र केही कुरा परिमार्जन गर्नुपर्ने भएकाले अन्तिम रुप दिने बैठकले निर्णय गरेको छ ।
यस्तै, विभिन्न ४५ वटा पार्टीबाट आएकाहरुलाई कसरी समायोजन गर्ने भन्नेबारेमा गठन भएको कार्यदलले प्रतिवेदन बुझाएको र केही बाँकी भएको हुनाले अन्तिम रुप दिन सोही कार्यदललाई जिम्मा दिइएको महराले बताए ।
प्रदेशका पदाधिकारीको थपघट गर्नेबारेमा भने थप होमवर्क गर्नुपर्ने भएकाले आजको स्थायी कमिटी बैठकमा थपघट नगरिएको पनि माओवादी केन्द्रका प्रवक्ता महराले जानकारी दिए ।

















अमेरिकाको कोलोराडोमा सडक दुर्घटनामा चार जनाको मृत्यु
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया