बलात्कार आरोपमा दुई पक्राउ

बनेपा । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मंगलवार पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पु¥याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबर्जस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।
बालिकालाई गन्तव्यसम्म नपु¥याई सोही स्थानमा छाडी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ । घटनापश्चात अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश–२–०३–००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौँतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया