ब्यक्तिगत रिसिबीले युवतीले शिक्षकको हत्या गरेको खुलासा

दैलेख । दैलेखमा एक युवतिले शिक्षकको घाँटी रेटेर हत्या गरेको खुलासा भएको छ ।
दैलेखको मालिका माविका सामाजिक विषयका शिक्षक नगेन्द्र कुमार विसीको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा सोही विद्यालयमा शव फेला परेको थियो । सोही विद्यालयको बरण्डामा मंगलबार बिहान ७ बजेतिर बिसीको शव भेटिएको थियो ।
हत्यामा संलग्न महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना रानाले व्यक्तिगत रिसिबीका कारण घाँटी रेटेर शिक्षकको हत्या गरेको स्वीकार गरेकी छन् ।
स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारको कमाण्डमा प्रहरी चौकी लालिकाँडाबाट प्रहरी खटिएको थियो ।
अनुसन्धानको क्रममा ती महिलाले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
ती महिलालाई कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको प्रनाउ श्रेष्ठले बताए ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया