ब्यक्तिगत रिसिबीले युवतीले शिक्षकको हत्या गरेको खुलासा

दैलेख । दैलेखमा एक युवतिले शिक्षकको घाँटी रेटेर हत्या गरेको खुलासा भएको छ ।
दैलेखको मालिका माविका सामाजिक विषयका शिक्षक नगेन्द्र कुमार विसीको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा सोही विद्यालयमा शव फेला परेको थियो । सोही विद्यालयको बरण्डामा मंगलबार बिहान ७ बजेतिर बिसीको शव भेटिएको थियो ।
हत्यामा संलग्न महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना रानाले व्यक्तिगत रिसिबीका कारण घाँटी रेटेर शिक्षकको हत्या गरेको स्वीकार गरेकी छन् ।
स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारको कमाण्डमा प्रहरी चौकी लालिकाँडाबाट प्रहरी खटिएको थियो ।
अनुसन्धानको क्रममा ती महिलाले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
ती महिलालाई कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको प्रनाउ श्रेष्ठले बताए ।


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया