चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजनिक

काठमाडौं । हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजनिक गरिएको छ । ‘द पाल्म ग्रुपद्वारा’ निर्माण गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ बुधबार राजधानीस्थित वान सिनेमा नयाँ बानेश्वरमा पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा देशका उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिनुभयो । ‘टुल्की’ मा डोल्पाको तल्लो भेगमा रहेको ब्राह्मण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्पाको शेर्पा समुदायमा हुर्केका केटाबीचको प्रेम सम्बन्धलाई उजागर गरिएको लामाले बताए ।
‘टुल्की’ प्रेम विवाह गरेर माथिल्लो डोल्पा पुग्छिन्, संस्कारका नाममा घरका सबै भाइको जबर्जस्ती यौन प्यास मेटाउने माध्यम बन्छिन्, त्यसपछि ‘टुल्की’ ले बदलाको भावना लिँदै आफूसहित सबै घरपरिवारको हत्याको बाटो रोज्छिन्”, लामाले भने ।
चलचित्रमा फरक संस्कारमा हुर्केकी ‘टुल्की’ को जीवनमा संस्कारका नाममा आइपरेको सामूहिक यौन शोषणको कहालीलाग्दो घटनालाई विशेषरूपमा प्रस्तुत गरिएको लामाले बताए ।
बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य कुनै पनि भाइले बिहे गर्नु पर्दैन भने तिनै महिलाबाट सबै भाइले सामूहिक सन्तान जन्माउने र घर गृहस्थी चलाइन्छ । यो चलचित्र निर्माणका लागि झण्डै चार वर्ष अनुसन्धान गर्नुपरेको र निर्माणका लागि झण्डै रु एक करोड लागेको निर्माण पक्षले जनाएको छ ।
नेपालमा अहिलेसम्म बनाइका सबै चलचित्रभन्दा भिन्दै र सन्देशमूलक चलचित्र रहेको निर्माण पक्षको दाबी छ । चलचित्रको निर्देशन तथा छायाङ्कन देवजङ्ग थापाले गरेका छन् । चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, भक्तसिंह कठायतलगायत कलाकारको अभिनय रहेको छ ।

















आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
दुर्गा प्रसाईँ आज नछुट्ने
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया