चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजनिक

काठमाडौं । हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजनिक गरिएको छ । ‘द पाल्म ग्रुपद्वारा’ निर्माण गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ बुधबार राजधानीस्थित वान सिनेमा नयाँ बानेश्वरमा पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा देशका उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिनुभयो । ‘टुल्की’ मा डोल्पाको तल्लो भेगमा रहेको ब्राह्मण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्पाको शेर्पा समुदायमा हुर्केका केटाबीचको प्रेम सम्बन्धलाई उजागर गरिएको लामाले बताए ।
‘टुल्की’ प्रेम विवाह गरेर माथिल्लो डोल्पा पुग्छिन्, संस्कारका नाममा घरका सबै भाइको जबर्जस्ती यौन प्यास मेटाउने माध्यम बन्छिन्, त्यसपछि ‘टुल्की’ ले बदलाको भावना लिँदै आफूसहित सबै घरपरिवारको हत्याको बाटो रोज्छिन्”, लामाले भने ।
चलचित्रमा फरक संस्कारमा हुर्केकी ‘टुल्की’ को जीवनमा संस्कारका नाममा आइपरेको सामूहिक यौन शोषणको कहालीलाग्दो घटनालाई विशेषरूपमा प्रस्तुत गरिएको लामाले बताए ।
बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य कुनै पनि भाइले बिहे गर्नु पर्दैन भने तिनै महिलाबाट सबै भाइले सामूहिक सन्तान जन्माउने र घर गृहस्थी चलाइन्छ । यो चलचित्र निर्माणका लागि झण्डै चार वर्ष अनुसन्धान गर्नुपरेको र निर्माणका लागि झण्डै रु एक करोड लागेको निर्माण पक्षले जनाएको छ ।
नेपालमा अहिलेसम्म बनाइका सबै चलचित्रभन्दा भिन्दै र सन्देशमूलक चलचित्र रहेको निर्माण पक्षको दाबी छ । चलचित्रको निर्देशन तथा छायाङ्कन देवजङ्ग थापाले गरेका छन् । चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, भक्तसिंह कठायतलगायत कलाकारको अभिनय रहेको छ ।













विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया