नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

काठमाडौँ । चीनबाट चिकित्सा शिक्षा तर्फ स्नातक तह अध्ययन गरी नेपाल फर्केका विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । उनीहरुले बिहीबार माइतिघरमा चिकित्सा शिक्षा आयोगले छिटोभन्दा छिटो इन्टर्नसीपको व्यवस्था गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीका बेला चीनको वुहानबाट फर्केका नेपाली विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै धर्ना दिएका हुन् । यसअघि उनीहरुले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका थिए । कोरोना महामारीले बाध्यात्मक परिस्थित सिर्जना गरेकाले आफूले अध्ययन गरेका सम्बन्धित विश्वविद्यालयले पनि आफ्नै देशमा इन्टर्नसीप गर्न भने पनि सरकारले वास्ता नगरेको उनीहरूको भनाइ छ ।

उनीहरूले नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरोकार पक्षसँग पटक(पटक ध्यानाकार्षण गराएको आएका छन् । सात वर्षअघि (सन् २०१४) मा एमबीबीएस कोर्स पूरा गरेपनि चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप नगराएको उनीहरूले बताएका छन् । उनीहरूले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा ३ पनि ध्यानाकर्षण गराएका छन् ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया