नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

काठमाडौँ । चीनबाट चिकित्सा शिक्षा तर्फ स्नातक तह अध्ययन गरी नेपाल फर्केका विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । उनीहरुले बिहीबार माइतिघरमा चिकित्सा शिक्षा आयोगले छिटोभन्दा छिटो इन्टर्नसीपको व्यवस्था गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीका बेला चीनको वुहानबाट फर्केका नेपाली विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै धर्ना दिएका हुन् । यसअघि उनीहरुले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका थिए । कोरोना महामारीले बाध्यात्मक परिस्थित सिर्जना गरेकाले आफूले अध्ययन गरेका सम्बन्धित विश्वविद्यालयले पनि आफ्नै देशमा इन्टर्नसीप गर्न भने पनि सरकारले वास्ता नगरेको उनीहरूको भनाइ छ ।

उनीहरूले नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरोकार पक्षसँग पटक(पटक ध्यानाकार्षण गराएको आएका छन् । सात वर्षअघि (सन् २०१४) मा एमबीबीएस कोर्स पूरा गरेपनि चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप नगराएको उनीहरूले बताएका छन् । उनीहरूले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा ३ पनि ध्यानाकर्षण गराएका छन् ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया