खरानी दलेर हिँडेको माधव नेपालको पछि लागेर हुन्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र एमालेमा बिलिन भइसकेको बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रर्ता प्रतिक्षण भेलालाई सम्बोधन गर्दै उनले माओवादीका नेताहरू एमालेमा रहेकाले प्रचण्डको गुट मात्रै बाहिर गएको बताएका हुन् ।
भेलामा बोल्दै उनले प्रचण्डपछि नेता माधवकुमार नेपालले आफ्नो गुट लिएर गएको बताउँदै एमालेलाई कुनै असर नपर्ने बताए । उनले केही नेताहरूले आफ्नो पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउन सहयोग गरे ।
‘हाम्रो पार्टीबाट विरोध गरेर माधव नेपाल जीको नेतृत्वमा एमाले नेतृत्वको सरकार ढाल्यो, हामीसँग सबै कुरा छ, यस्तो सरकार फेरि बनाउँछौँ,’ अध्यक्ष ओलीले भने, ‘म माधव नेपाललाई भन्दिन, तर उनीसँग झुक्किएर गएका साथीहरू फर्किनुहोस्, आफ्नो घरमा आगो लगाएर खरानी दलेर तीर्थयात्रा हिँडेको मान्छेको पछि लागेर हुन्छ ?’
भेलामा बोल्दै ओलीले प्रचण्डमाथि व्यंग्य गरे । ‘एयरपोर्टबाट उडेको जहाज सुरुमा ठूलो देखिन्छ, विस्तारै सानो भएर पछि बिलाउछ,’ उनले भने, ‘प्रचण्डको अवस्था यस्तै हुन्छ, पहिलो केही ठूलो थियो, अहिले अलिअलि देखिन्छ थालेको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया