नेपाललाई एमसीसी आवश्यक छ : मन्त्री कार्की

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आवश्यक रहेको बताएका छन् । शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका उनले एमसीसी देशका लागि आवश्यक रहेको बताएका हुन् ।
मन्त्री कार्कीले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसदबाट पास गराउनु पर्नेमा जोड दिए । उनले एमसीसी विकास परियोजना भएकाले यस विषयमा राजनीति गर्नु नहुने बताए । एमसीसी संसदबाट पास गराउन सबैबीच सहमतिको खाँचो रहेको उनले धारणा राखेका थिए ।
मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषयअघि बढाउने बताए । संसदभित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट स्थापना भएको कार्यालयले मानव– वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया