बारा जगदम्बा स्टिल्स प्रकरण
औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन अध्ययन टोलीको सुझाव

काठमाडौँ । बारामा रहेको जगदम्बा स्टिल्स प्रा.लि.मा भएको घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको अध्ययन टोलीले औधोगिक सुरक्षाको ब्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको छ । गत ११ भदौमा उद्योग परिसर भित्र रहेको एमोनिया ग्याँस प्लान्टको पाईपलाइनबाट ग्यास चुहावट भई उद्योग परिसर बाहिर ग्याँस फैलिए पश्चात स्थानियले आक्रोशित भई उधोग परिसरमा तोडफोड गरेको निष्कर्ष सरकारी अध्ययन टोलीले निकालेको छ ।
२१ भदौमा गृहमन्त्री बालकृष्ण खाणले मन्त्री स्तरीय निर्णयबाट गठन गरेको मन्त्रालयका सह सचिव टेकराज निरौला संयोजकत्वको नौ सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो अध्ययन टोलीले उद्योग परिसर बाहिर ग्यास फैलिएपश्चात स्थानीय बासिन्दा आक्रोसित भइ उद्योगभित्र प्रवेश गरी तोडफोड गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । समितिले शुक्रवार प्रतिवेदन मन्त्री खाणलाई बुझाएको छ ।
‘घटनामा उद्योग परिसर भित्र रहेको एमोनिया ग्याँस प्लान्टको पाईपलाईनबाट ग्यास चुहावट भई उद्योग परिसर बाहिर ग्याँस फैलिए पश्चात स्थानीय वासिन्दाहरु आक्रोसित भई उद्योग भित्र प्रवेश गरी तोडफोड गरेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख रहेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा प्रवक्ता पोखरेलले अनुसार ग्यास चुहावटको सूचना प्राप्त गरे पश्चात इलाका प्रहरी कार्यालय सिमराबाट खटिएका प्रहरी टोलीले तोडफोड नियन्त्रणको प्रयास गर्दा गर्दै पनि उद्योगमा स्थानीय भीडले तोडफोड गरेको व्यहोरा प्रतिवेदनमा उल्लेख रहेको जनाएको छ ।
छानबिन समितिले सरकारको तर्फबाट तोडफोडमा संलग्नको पहिचान गरी कानून बमोजिम कारवाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको छ ।
समितिले उद्योगका तर्फबाट उद्योग संचालन गर्दा औद्योगिक सुरक्षा मापदण्डको पालना गर्न, उद्योगबाट सिर्जना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयहरुलाई प्राथमिकता दिनु उपयुक्त हुने सुझाव पनि प्रतिवेदनमा दिएको छ ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्राप्त सुझावहरु सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट पहल गरिने बताएका थिए ।

















सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
प्रतिक्रिया