आइपीएलका बाँकी खेल पुन: सुरु हुने

इण्डियन प्रिमियर लिग (आइपीएल) का स्थगित बाँकी ३१ खेल आइतबारदेखि सुरु हुने भएको छ । भारतमा कोरोना भाइरस संक्रमणको दर बढेसँगै गत मे महिनामा चालु अवस्थामा रहेको प्रतियोगिता स्थगित भएको थियो । जुन आइतबारदेखि पुनः सुरु हुने भएको हो । खेल स्थगित हुनुपूर्व २ मेमा पञ्जाब र दिल्लीबीच खेल भएको थियो । जसमा दिल्ली ७ विकेटले वियजी भएको थियो ।
कोरोना महामारीले भारतका चार शहरमा मात्रै आयोजना भएको १४ औँ संस्करणको आइपीएलका आधा खेल बाँकी हुँदा खेलाडीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि प्रतियोगिता स्थगित गर्ने निर्णय भएको थियो । बाँकी प्रतिस्पर्धा आयोजना हुने नहुने दुविधाबीच प्रतियोगिता हुने भएको हो । पुनः सुरु भएको खेलमा भारतका प्रभावशाली ब्याट्यास म्यान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इण्डियन्स र भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङसबीच हुँदै छ ।
७ खेल खेलेको राजस्तान रोर्यल्सले ३ खेलमा जित र ४ खेलमा हार व्यहोरेर तालिकाको ५ औँ स्थानमा छ । ८ खेलमा ३ मा जित र ५ मा हार व्यहोरेको पञ्जाब छैठौँ स्थानमा छ । ७ खेल खेल्दै २ मा जित र ५ खेल हारेको कोलकत्ता सातौँ स्थानमा छ भने सनराईजस् हैदारावाद आठौँ स्थानमा छ । ७ खेल खेलेको उसले १ खेल जित्दा ६ खेलमा पराजय भोगेको छ ।
प्रतियोगिताको आधा खेल सकिँदासम्म सबैभन्दा धेरै विकेट लिने खेलाडी बेङ्लोरका हर्सल पटेल रहेका छन् । उनले ७ खेलमा २८ ओभर बलिङ गर्दै १७ विकेट लिएर पर्पल क्याप पाएका छन् । प्रतियोगिताअन्तर्गत सबैभन्दा बढी विकेट लिने खेलाडीलाई उक्त क्याप दिइन्छ । १७ विकेट लिँदै गर्दा उनले २ सय ५७ रन खर्चिएका थिए । धेरै विकेट लिने बलरको सूचीको दोस्रो नम्बरमा दिल्लीका खेलाडी अवषेस खान छन् । उनले ८ खेलमा ३० ओभर बलिङ गर्दै २ सय ३० रन खर्चिएर १४ विकेट लिएका छन् ।
प्रतियोगिताअन्तर्गत सबैभन्दा बढी रन बनाएर ओरेञ्ज क्याप पाउने खेलाडी दिल्लीका शेखर धवन हुन् । आफ्नो टिमले खेलेको ८ खेलबाट उनले ३ सय ८० रन बनाएका छन् । उनलाई पछ्याइरहेका छन्, पञ्जावका कप्तान केएल राहुलले । राहुले ७ खेलबाट ३ सय ३१ रन बनाएका छन् ।
यस्तै, भारतमा नै आयोजना हुने भनिएको यो वर्षको टि–२० विश्वकप युएई र ओमानका चार रंगशालामा आयोजना हुँदैछ । सन् २०२० मा भारतमा आयोजना गर्ने तयारी गरिएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो । यो वर्षको शुरुवातसम्म टि–२० विश्वकप भारतमा आयोजना गर्ने तयारी भएको थियो ।
यद्यपि, कोरोना महामारीले विश्वकप जस्ता ठूला प्रतियोगिता भारतमा आयोजना गर्नु चुनौती पूर्ण हुँदा युएईमा आयोजना हुन लागेको हो । भारतबाहिर आयोजना हुने भए पनि भारतीय क्रिकेट बोर्ड बिसिसिआई नै विश्वकपको आयोजक हुने छ । १९ सेक्टेम्बरबाट शुरु हुने आइपीएल १५ अक्टोबरमा सकिने छ भने त्यसको दुई दिनपछि अर्थात १७ अक्टोबरबाट टि–२० विश्वकप शुरुवात हुँदैछ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया