कर्ण दासका छोरा मर्कुशको पहिलो म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कर्ण दास गम्भीर गीत गाएर चिनिएका गायक हुन् । उनका छोरा मर्कुश दास भने रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडियो लिएर आएका छन् । उनको युट्युब मार्फत ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत कुशल पोखरेलको छ ।
मर्कुशले चार वर्षअघि मेलिना राईसँग ’जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए । गीतले युगल गायनतर्फबाट इमेज अवार्डसमेत जितेको थियो ।
स्तरीय गीत भए पनि त्यसको म्युजिक भिडिओ बन्न सकेन । त्यसबाहेक पनि गायक मर्कुशले दुई गीत गाएका छन्, जसको अडियो र लिरिकल भिडियो मात्र सार्वजनिक भयो ।
पहिलो पटक मर्कुश भिडियोसहितको गीत सार्वजनिक गरेका मुकेश यस गीतका म्युजिक भिडिओ निर्देशक पनि हुन् ।
पोखराबाट ’मध्यान्ह्न’ ब्यान्डका गायकका रुपमा उदाएका कर्ण दासले पछि आधुनिक गायनमा पनि विशिष्ट छाप छोडे । बुबाजस्तै मर्कुशको संगीतयात्रा पनि ब्यान्डबाटै सुरु भएको हो । उनी प्लस टुको पढाइपछि ’प्रतिविम्ब’ ब्यान्डमा सक्रिय भए । पाँच सदस्य रहेको ब्यान्डले पोखराका कन्सर्ट र रेस्टुरेन्टहरुमा प्रस्तुति दिने गर्दथ्यो ।
बीबीएको पढाइ छाडेर काठमाडौं आएका मर्कुशले गायनभन्दा बढी संगीतको प्राविधिक पाटोमा बढी समय दिए । दुई वर्ष ‘अकस्टिक स्टुडियो’मा साउन्ड इन्जिनियरका रुपमा काम गरेका उनले नेपाल म्युजिक स्कुलमा केही समय पियानो सिके । त्यसयता स्वअध्ययन र स्वअभ्यासबाट उनी संगीत क्षेत्रको नजिक छन् ।
तर गीत सार्वजनिक गर्ने उनको रहर पूरा भएको थिएन । केही अडिओ र लिरिकल भिडयो सार्वजनिक भए पनि गीत बाहिर ल्याउन सकेका थिएनन् ।
‘जिन्दगी ओराली उकाली’ सार्वजनिक हुँदा मर्कुश नेपालमै थिए । हाल उनी अष्ट्रेलियामा छन् । हस्पिटालिटीमा डिप्लोमा सकाएका उनी भविष्यमा संगीतको औपचारिक अध्ययन गर्ने सोच रहेको बताउँछन् ।
मर्कुशका अनुसार यो गीत एक वर्षअघि नै सार्वजनिक गर्ने तयारी भएको थियो । तर कोरोना महामारीका कारण ढिलाइ भयो । ढिलै भए पनि पहिलो पटक गीतको भिडियो सार्वजनिक भएपछि उत्साह बढेको उनले बताए ।
उनले भने, ‘भिडियोसहित नयाँ गीत आउँदा खुसी त छ नै । पहिलो पटक म्युजिक भिडिओ निर्देशन गरेकोले पनि उत्साहित छु ।’
२५ वर्षीय मर्कुशको मात्र नभई भिडियोमा सम्बद्ध धेरै जनाका लागि नयाँ अनुभव बनेको छ । अष्ट्रेलियामा छायांकन भएको भिडियोमा सुबिर भण्डारी र हिलारी रावलले अभिनय गरेका छन् । प्रयुष मानन्धरको सिनेमेटोग्राफीको भिडियोलाई सुदीप विष्टले सम्पादन गरेका छन् ।
‘थाहा छैन’ शिक्षा सदन एजुकेसन एन्ड भिसा सर्भिसेज, सानो क्याफे र लाखे इभेन्टसको सहयोगमा निर्माण भएको हो । विदेशमा बसेर पनि संगीतमा सक्रिय हुने बताएका उनले चाँडै नयाँ गीत संगीत लिएर स्रोतामाझ आउने बताए ।
भिडियाे













सुनको भाउमा आज पनि वृद्धि, किन लगातार बढिरहेको छ ?
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया