ओली र नेपालका कर्मचारीहरु कार्यालय कब्जा गर्न खोज्दा…

काठमाडौं । नेकपा एमाले र नेकपा एस निकट कर्मचारीहरु संगठनको केन्द्रीय कार्यालय कब्जा गर्ने दाउमा लागेका छन् ।
पार्टी औपचारिक रुपमा विभाजित भई फरक फरक पार्टी अस्ततित्वमा रहिसकेपछि उनीहरु कार्यालय आफ्नो हातमा पार्ने प्रयासमा लागेका छन् ।
असोज २ गतेदेखि दुवै पार्टीका कर्मचारीहरुले अलग अलग भेला र बैठक गरिसकेका छन् । एमाले पक्षका नेपाल निजामति कर्मचारी संगठनको अध्यक्ष केदार देवकोटा छन् भने नेकपा एस निकट नेपाल निजामति कर्मचारी संगठनको अध्यक्ष रेवन्त गौतम छन् ।
एमालेबाट अलग भई नेकपा एस नामको छुट्टै पार्टी अस्तित्वमा रहेपछि एमालेको सम्पत्तिमा दाबी गर्ने पार्टी नेताहरुले बताइरहँदा कर्मचारी संगठन भने पार्टी कार्यालय कब्जा गर्ने दाउमा छ । संगठनको केन्द्रीय कार्यालय भवन सिंहदरबारको पश्चिम गेट अगाडि छ ।
संगठनको केन्द्रीय कार्यालय भवन कब्जा गर्ने क्रममा सोमवार दुई पक्षबीच विवाद भई झडपको स्थित उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले दुई पक्षबीच झडप हुन नदिएर कर्मचारीहरुलाई नियन्त्रण गरी प्रहरी कार्यालय पुर्याएको छ ।
प्रहरीले ओली पक्षका अध्यक्ष केदार देवकोटासहितका कर्मचारीलाई अनमानगरस्थित प्रहरी कार्यालयमा तथा माधव नेपाल पक्षका अध्यक्ष रेवन्त गौतम, पूर्वअध्यक्ष मोहन घिमिरेसहितका कर्मचारीलाई महेन्द्र पुलिस क्लवमा लगेको छ ।
संगठनका दुवै पक्षका कर्मचारीहरुले गुण्डा लगाएर कार्यालय कब्जा गर्न खोजेको एकले अर्कालाई आरोप लगाएका छन् ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया