ओली र नेपालका कर्मचारीहरु कार्यालय कब्जा गर्न खोज्दा…

काठमाडौं । नेकपा एमाले र नेकपा एस निकट कर्मचारीहरु संगठनको केन्द्रीय कार्यालय कब्जा गर्ने दाउमा लागेका छन् ।
पार्टी औपचारिक रुपमा विभाजित भई फरक फरक पार्टी अस्ततित्वमा रहिसकेपछि उनीहरु कार्यालय आफ्नो हातमा पार्ने प्रयासमा लागेका छन् ।
असोज २ गतेदेखि दुवै पार्टीका कर्मचारीहरुले अलग अलग भेला र बैठक गरिसकेका छन् । एमाले पक्षका नेपाल निजामति कर्मचारी संगठनको अध्यक्ष केदार देवकोटा छन् भने नेकपा एस निकट नेपाल निजामति कर्मचारी संगठनको अध्यक्ष रेवन्त गौतम छन् ।
एमालेबाट अलग भई नेकपा एस नामको छुट्टै पार्टी अस्तित्वमा रहेपछि एमालेको सम्पत्तिमा दाबी गर्ने पार्टी नेताहरुले बताइरहँदा कर्मचारी संगठन भने पार्टी कार्यालय कब्जा गर्ने दाउमा छ । संगठनको केन्द्रीय कार्यालय भवन सिंहदरबारको पश्चिम गेट अगाडि छ ।
संगठनको केन्द्रीय कार्यालय भवन कब्जा गर्ने क्रममा सोमवार दुई पक्षबीच विवाद भई झडपको स्थित उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले दुई पक्षबीच झडप हुन नदिएर कर्मचारीहरुलाई नियन्त्रण गरी प्रहरी कार्यालय पुर्याएको छ ।
प्रहरीले ओली पक्षका अध्यक्ष केदार देवकोटासहितका कर्मचारीलाई अनमानगरस्थित प्रहरी कार्यालयमा तथा माधव नेपाल पक्षका अध्यक्ष रेवन्त गौतम, पूर्वअध्यक्ष मोहन घिमिरेसहितका कर्मचारीलाई महेन्द्र पुलिस क्लवमा लगेको छ ।
संगठनका दुवै पक्षका कर्मचारीहरुले गुण्डा लगाएर कार्यालय कब्जा गर्न खोजेको एकले अर्कालाई आरोप लगाएका छन् ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रतिक्रिया