अर्थ मन्त्रालयको प्रष्टोक्तिः सम्पति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप र भ्रष्टाचारमा छुट दिइँदैन

काठमाडौं । अर्थ मन्त्रालयले भ्रष्टाचार निवारण सम्बन्धि राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता कार्यान्वयन गर्न पूर्ण प्रतिवद्ध रहेको जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक विधेयक २०७८ बाट आयकर ऐन, २०५८को दफा ११ ग, थप गरी राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा २०८० चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन भन्ने ब्यवस्थाका सम्बन्धमा भएको सार्वजनिक प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
सम्पति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारबाही हुने भन्दै त्यस्ता विषयमा छुट नदिने मन्त्रालयले स्पष्ट गरेको छ ।
साथै अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्य निवारण गर्न प्रतिवद्ध रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

















कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया