सर्यो माओवादी विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल (क्रानितकारी)को राष्ट्रिय सम्मेलन सरेको छ । एक साता पछि गर्ने गरी सम्मेलन सरेको अखिल क्रानितकारीका महासचिव उत्तम अधिकारीले जानकारी दिए ।
अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन यही असोज ८, ९ र १० गते गर्ने भनिएको थियो । तर तयारी नपुगेपछि एक साता पछि सार्ने निर्णय भएको महासचिव अधिकारीले बताए । अव सम्मेलन असोज १४, १५ र १६ गते काठमाडौंमा हुने भएको छ ।
पार्टी अध्यक्ष प्रचण्डसागको परामर्शका आधारमा क्रान्तिकारीले सम्मेलन एक साता पछि सार्ने निर्णय लिएको हो ।
प्रचण्डले सर्वसहमतिमा राष्ट्रिय सम्मेलनबाटै नयाँ नेतृत्व चुन्न सुझाव दिएका थिए । नयाँ नेतृत्वका लागि उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दिपक देवकोटा, तिलक भण्डारी र महासचिव उत्तम अधिकारी मुख्य दावेदार छन् ।
छलफलमा माओवादी केन्द्रका नेता एवम् विद्यार्थी फाँट हेर्ने फ्याक्सन इञ्चार्ज हितमान शाक्य समेत सहभागी थिए ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया