एमाले अध्यक्ष ओलीले दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा राखिएको छ । ओलीले तत्कालीन एमालेका १४ जना सांसदलाई गरेको कारबाही नगरेको भन्दै सभामुख अग्नि सापकोटा, निर्वाचन आयोगविरूद्ध रिट निवेदन दिएका थिए ।
ओलीले पार्टीले कारबाही गरेका सांसदहरूलाई संसदले सदर गर्नु पर्नेमा उनीहरूको समावेशमा नयाँ पार्टी खोल्न बाटो खुलाएको भन्दै रिट निवेदन दिएका थिए । सभामुख सापकोटा र निर्वाचन आयोगलगायतलाई विपक्षी बनाई दिएको रिट पुनः भोलिको लागि सारेको हो ।
न्यायाधीशहरू दीपककुमार कार्की र कुमार चुडालको इजलासमा बहस भइरहेको छ । वकिलको बहस नसकिएपछि आजको सुनुवाई भोलिका लागि सारिएको हो ।
एकीकृत समाजवादीका वकिल र रिट निवेदक पक्षका वकिलको बहस बाँकी रहेकाले भोलिका लागि सरेको हो ।
एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना सभामुखलाई दिएको थियो ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया