अवैध ९५ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ
मेरोन्यूज
२०७८ असोज ९ गते १२:२८

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट आउँदै गरेका दुई जना युवाको साथबाट स्रोत नखुलेको अवैध ९५ लाख रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक सागर माली र कृष्ण अढाडे रहेका छन् । भारतको मुम्बई घर भएका उनीहरू ग १ ख ६६४५ नम्बरको माइक्रोमा चितवनबाट काठमाडौँ आउँदै गरेका थिए ।
माइक्रोको सिट नम्बर ८ र ९ मा बसेका उनीहरूको झोला जाँच गर्दा उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको हो ।
सम्बन्धित

















सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया