नाडाको साधारणसभा आगामी मंसिरमा हुने

काठमाडौं । नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामी मंसिरमा हुने भएको छ ।
काठमाडौंको होटेल सोल्टीमा शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी मंसिरमा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।
नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामी मंसिर २२ र २३ गते होटेल सोल्टीमा गर्ने निर्णय भएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षसहित २७ जनाको केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ ।
नाडाले देशब्यापी रुपमा ट्राफिक जनचेतना सम्बन्धी अभियानसमेत चलाएको छ । ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर र मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ ।
नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्नेछन् ।
नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।
नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया