पर्यटन प्रवद्धनका लागि २० महिला अन्नपूर्ण आधार शिविर जाँदै

काठमाडौं । विभिन्न क्षेत्रका २० महिला संयुक्तरूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उनीहरुले एबिसी आधार शिविर जाने तयारी गरेका हुन् ।
साथसाथै नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिकरूपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन यो काम थालनी गर्न लागेको हो ।
दशदिने अन्नपूर्ण आधार शिविर यात्रामा निस्कने उक्त टोली यही असोज ११ गते काठमाडौँबाट प्रस्थान गर्नेछ । अन्नपूर्ण यात्राका लागि विभिन्न क्षेत्रमा आवद्ध २० महिला छन् ।
संस्थाका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्लो समय कोभिडले पर्यटन क्षेत्रलाई निकै तहसनहस पारेकाले स्वदेशी पर्यटनलाई बढावा दिन यात्रा तय गरिएको हो । अब विदेशी पर्यटन क्षेत्र नभई नेपालमै भएका पर्यटन क्षेत्रलाई विकास गर्नुपर्ने उनले बताइन् ।
आम नेपालीले पनि स्वदेशमा भएका पर्यटकीय क्षेत्रको अवलोकन गरुन् भन्ने मनसाय राखिएको उनको भनाई छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया