बुधबार, पुष १६, २०८२

फ्रान्सका ५ बहालवाला मन्त्रीको फोन नम्बर पेगाससको निगरानीमा

मेरोन्यूज २०७८ असोज १० गते १७:४४

काठमाडौँ । फ्रान्सका पाँच बहालवाला मन्त्रीहरूको फोन नम्बर विश्वका खतरनाक इजरायली जासुसी संस्था पेगाससमा परेको छ । फ्रान्सका ‘इन्भेस्टिगेटिभ वेवसाइट मेदियार’ले मन्त्रीहरूको फोन नम्बर पेगाससमा परेको पत्ता लगाएको हो ।

उक्त वेवसाइटका अनुसार शिक्षा मन्त्री ज्या मिशेल ब्ल्याक्वेर, क्षेत्रीय सामञ्जस्य मन्त्री ज्याकलिन गौराल, कृषि मन्त्री जुलियन देनारमण्दे, आवास मन्त्री इम्यानुयल वारगा र विदेश विभाग मन्त्री सेबेस्टिन लेकारन्युको फोन नम्बर जासुसी संस्था पेगाससमा परेको हो । पेगासस एक सैन्य ग्रेड स्पाइवेयर इजरायल आधारित एनएसओ समूहद्वारा सञ्चालित जासुसी संस्था हो ।

रिपोर्टका अनुसार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोका राजनीतिक सल्लाहाकार एलिसे प्यालेसको फोन नम्बरसमेत पेगाससमा भेटिएको छ । उनीहरूको फोन नम्बर जुलाई २०२१ मा फोरेन्सिक एनालिसिसमा जाँच भएको थियो ।

एक अन्तर्राष्ट्रिय मिडिया कन्सोर्टियमसहित विश्वका ठूला मिडियाहरूले पेगासस प्रोजेक्टका बारेमा खुलासा गरेको थियो । इजरायलको एनएसओ ग्रुप कम्पनीअन्तर्गत रहेको पेगासस स्पायवेयरले नेता, पत्रकार, कार्यकर्ता, उच्च अदालतका अधिकारीको फोन नम्बरमाथि निगरानी राख्दै आएको देखिए छ । जसमा फ्रान्समा मात्रै करिब ५० हजारभन्दा बढी नम्बरहरूमाथि निगरानी राख्दै आएको खुलासा भएको छ ।

मानवाधिकार संगठन एमनेस्टी इन्टरनेशनलले आफ्नो सुरक्षा प्रयोगशालामा उक्त नम्बरहरूको जाँच गरेको थियो । जसमा फ्रान्सका विशिष्ठ व्यक्तिहरूको नम्बर निगरानीका साथै ह्याक भएको पत्ता लागेको हो ।

त्यस समयमा पेगाससमा परेका मन्त्रीहरूको फोन नम्बर एमनेस्टीद्वारा जाँच गरिएका थिएनन् । यदि, ‘इन्भेस्टिगेटिभ वेवसाइट मेदियार’को खुलासा सही भए पश्चिमको एक शक्तिशाली लोकतान्त्रिक देश फ्रान्सका नेताहरूमाथि समेत पेगाससले हमला गरेको पुष्टि हुनेछ ।

पेगासस रिपोर्टले यो पनि भनेको छ कि फ्रान्सका राष्ट्रपति म्याक्रो तथा उनको २० मन्त्री मण्डलका मन्त्रीहरूको फोन नम्बर सार्वजनिक सूचीमा रहेको थियो । एजेन्सी

यो पनि पढ्नुहोस्

‘पेगासस’द्दारा जासुसी गरिएको फरेन्सिक परिक्षणबाट पुष्टि : निशानामा परेका थिए भारतीय यी पत्रकार

भारतका लागि नेपाली राजदूत आचार्यको फोन जासुसीको सूचीमा

प्रतिक्रिया