साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
विकेथ कुथु र राजन गुरुङ टोली बाहिर
मेरोन्यूज
२०७८ असोज १० गते १८:४४

काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
माल्दिभ्समा हुने साफ च्याम्पियनशिपका लागि घोषणा गरिएको टोलीमा विकेथ कुथु र राजन गुरुङ भने समेटिएका छैनन् ।
नेपाली टोलीको रक्षकमा किरण लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् ।
यस्तै, नेपाली टोलीमा दिनेश राजवंशी, सुरज ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द रहेका छन् ।
नेपालले पहिलो खेल अगामी शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्दैछ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया