मंगलबार, पुष १, २०८२

सुनको मूल्यमा सामान्य वृद्धि

मेरोन्यूज २०७८ असोज ११ गते ११:५१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला ८८ हजार ५५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार १६० तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

प्रतिक्रिया