मंगलबार, पुष १५, २०८२

५० लाख धरौटीमा चुडामणिलाई रिहा गर्न आदेश

मेरोन्यूज २०७८ असोज ११ गते १७:२५

काठमाडौँ । विशेष अदालतले चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । सोमबार अदालतले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव रहेका उनीसँग ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनले व्यवसायीलाई कर छुट दिएर राज्य कोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिट दायर गरेको थियो । आयोगले उनीसहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध समेत भ्रष्टाचारविरुद्ध रिट दायर गरेको थियो ।

राज्यलाई बदनियतपूर्ण हानी नोक्सानी पुर्‍याएका उनी पछिल्ला वर्षमा हिरासतमा रहँदै आएका थिए ।

प्रतिक्रिया