समानुपातिक निर्वाचन प्रणालीले मात्रै सबै तहलाई प्रतिनिधित्व गर्छ : मन्त्री शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन्, ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरूको छैन,’ उनले भने, ‘समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुन सक्छ ।’
अबको सन्दर्भमा संगठनको स्वरुप परिवर्तन गर्नु पर्ने आवश्यकता औँल्याउँदै अर्थ मन्त्रीसमेत रहेका नेता शर्माले पार्टी र जनवर्गीय संगठनहरूका हरेक इकाईलाई उत्पादन इकाईको रुपमा बदल्नु पर्ने बताए । ‘उत्पादनसँग जोडिएको संगठन भएन भने समाजवादमा जान सकिँदैन, हरेक कार्यकर्ता तिनको परिवारलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनु पर्छ, त्यसका लागि संगठनको हरेक इकालाई उत्पादनसँग जोड्नु पर्छ,’ उनले भने ।
राजनैतिक सत्ता परिवर्तन भए पनि पुरानो सामाजिक सांस्कृति सत्ता यथावत रहेको चर्चा गर्दै उनले दलित समुदायमाथि भइरहेको सांस्कृतिक उत्पीडन र विभेद त्यसको भएको बताए । उनले दलित मोर्चाको नेतृत्वमा सामाजिक सांस्कृतिक आन्दोलन सशक्त बनाउँदै त्यसलाई संघर्षको एजेण्डाको रुपमा अघि बढाउन आग्रह गरे ।
सरकारले पहिलोपटक गरिब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्दै उनले दीर्घ रोगीहरूलाई मासिक उपचार खर्च दिने व्यवस्था पहिलो पटक गरिएको जानकारी दिए । यस्तै उनले दलितका लागि आवास योजना अघि सारिएको जानकारी दिए ।
















आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया