वल्ड्रलिंकको दसैँ अफर : दसैँको बहार, डबल उपहार

काठमाडौँ । देशको ठूलो इन्टरनेट सेवा प्रदायक वल्ड्रलिंकले ‘दसैँको बहार, डबल उपहार’ ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले ग्राहकका लागि पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज घोषणा गरेको छ ।
वार्षिक प्याकेज खरिद गर्दा निः शुल्क जडानसहित करिब २० हजार मूल्य पर्ने सेवा–सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसअन्तर्गत ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाइफाई रोमिङ र नेटटिभी प्राइम सब्स्क्रिप्सन प्राप्त गर्ने छन् ।
कम्पनीले २० एमबीपीएसको इन्टरनेट प्याकेजको ४० रुपैयाँमा इन्टरनेट दिने भएको छ । यस्तै, ३० एमबीपीएसको इन्टरनेटमा ६० रुपैयाँ ४० को ८० र ५० एमबीपीएसको इन्टरनेट प्याकेजको १ सय रुपैयाँमा दिने भएको छ ।
अब ग्राहकले मासिक केवल एक हजार एक सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउने छन् । यसमा एउटा नेटटिभीसमेत निः शुल्क उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले एक वर्षको प्याकेज लिनु पर्नेछ ।
६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले पनि यो अफरमा सहभागिता जनाउन सक्ने छन् । जसका लागि ग्राहकले मासिक एक हजार १५० रुपैयाँ तिर्दा एउटा नेटटिभीसहित ४० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्ने छन् ।
त्यस्तै, कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक एक हजार २ सय रुपैयाँमै दुई वटा नेटटिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ । यही प्याकेज ६ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक एक हजार ४ सय ३४ रुपैयाँ पर्ने छ ।
वार्षिक प्याकेज लिँदा मासिक एक हजार ४ सय रुपैयाँमै दुई वटा नेटटिभीसहित वल्ड्रलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिने छ । ६ महिनाको सब्सक्रिप्सन लिँदा ग्राहकले दश हजार १ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
ग्राहकले वार्षिक प्याकेज लिँदा मासिक एक हजार ६ सय रुपैयाँमै तीन वटा नेटटिभीसहित वल्ड्रलिंकको सय एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सक्ने छन् । यो प्याकेजअन्तर्गत ६ महिनाको सब्सक्रिप्सन लिँदा ग्राहकले ११ हजार ५ सय रुपैयाँ तिर्नु पर्ने आफ्नो वेभसाइटमा जनाएको छ ।
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया