वल्ड्रलिंकको दसैँ अफर : दसैँको बहार, डबल उपहार

काठमाडौँ । देशको ठूलो इन्टरनेट सेवा प्रदायक वल्ड्रलिंकले ‘दसैँको बहार, डबल उपहार’ ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले ग्राहकका लागि पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज घोषणा गरेको छ ।
वार्षिक प्याकेज खरिद गर्दा निः शुल्क जडानसहित करिब २० हजार मूल्य पर्ने सेवा–सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसअन्तर्गत ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाइफाई रोमिङ र नेटटिभी प्राइम सब्स्क्रिप्सन प्राप्त गर्ने छन् ।
कम्पनीले २० एमबीपीएसको इन्टरनेट प्याकेजको ४० रुपैयाँमा इन्टरनेट दिने भएको छ । यस्तै, ३० एमबीपीएसको इन्टरनेटमा ६० रुपैयाँ ४० को ८० र ५० एमबीपीएसको इन्टरनेट प्याकेजको १ सय रुपैयाँमा दिने भएको छ ।
अब ग्राहकले मासिक केवल एक हजार एक सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउने छन् । यसमा एउटा नेटटिभीसमेत निः शुल्क उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले एक वर्षको प्याकेज लिनु पर्नेछ ।
६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले पनि यो अफरमा सहभागिता जनाउन सक्ने छन् । जसका लागि ग्राहकले मासिक एक हजार १५० रुपैयाँ तिर्दा एउटा नेटटिभीसहित ४० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्ने छन् ।
त्यस्तै, कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक एक हजार २ सय रुपैयाँमै दुई वटा नेटटिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ । यही प्याकेज ६ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक एक हजार ४ सय ३४ रुपैयाँ पर्ने छ ।
वार्षिक प्याकेज लिँदा मासिक एक हजार ४ सय रुपैयाँमै दुई वटा नेटटिभीसहित वल्ड्रलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिने छ । ६ महिनाको सब्सक्रिप्सन लिँदा ग्राहकले दश हजार १ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
ग्राहकले वार्षिक प्याकेज लिँदा मासिक एक हजार ६ सय रुपैयाँमै तीन वटा नेटटिभीसहित वल्ड्रलिंकको सय एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सक्ने छन् । यो प्याकेजअन्तर्गत ६ महिनाको सब्सक्रिप्सन लिँदा ग्राहकले ११ हजार ५ सय रुपैयाँ तिर्नु पर्ने आफ्नो वेभसाइटमा जनाएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
भारी हिमपातले मध्यपहाडी लोकमार्ग पुन:अवरुद्ध, सयौँ यात्रुहरु अलपत्र
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया