ज्यान मार्ने उद्योगमा संलग्न २ जना पक्राउ
काठमाडौँ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ११ बस्ने २७ वर्षीय विमल कार्की र धनपाल थान गाउँपालिका १ बस्ने ५३ वर्षीय महमद साजिद मिया रहेका छन् ।
आइतबार दिउँसो विराटनगर महानगरपालिका ७ स्थित सडकमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका ९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले व्यवसायिक विवादका कारण धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए । हतियार प्रहारबाट घाइते भएका उनको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया