माओवादी विद्यार्थीको सम्मेलन : यस्ता छन् अध्यक्षका आकांक्षी

काठमाडौं । शैक्षिक र राजनीतिक मुद्दामा कुनै बेला माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)लाई ‘सडक बाघ’ विद्यार्थी संगठनको संज्ञा दिइन्थ्यो । तर अहिले त्यो संगठन माउ पार्टी माओवादी केन्द्रमा जस्तै गुटवन्दीको जन्जालभित्र छ । जसले गर्दा माउ पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गुट भत्काउने उदघोष गरेजस्तै विद्यार्थी संगठनमा पनि गुटवन्दी अन्त्य गनुपर्ने विषय जर्वजस्त उठ्न थालेको छ ।
प्रचण्डले पटक-पटक पार्टीभित्र ‘सकारात्मक उभार’ ल्याउन पनि पहिले पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने बताउँदै आएका छन् । गुटवन्दी गर्ने, जालझेल ठगठाग मात्रै गर्ने, एमाले जस्तै मात्र हुने हो भने माओवादी ब्रान्ड किन चाहियो ? त्यसलाई विघटन गरिदिए हुन्छ भन्दै पछिल्ला दिनमा प्रचण्डले पार्टीभित्रको गुटवन्दीको जालो तोडने प्रयास थालेका छन् ।
ठिक त्यस्तै विद्यार्थी संगठनभित्रको गुटवन्दीको जालो तोडने या कायम राख्ने भन्ने प्रश्न माओवादी केन्द्रको विद्यार्थी संगठनमा पनि उठेको छ । संगठनभित्र देखिने गरेका अनेक ‘टावर’ भत्काउन अहिलेको सम्मेलनवाट नेतृत्व चयन गर्नुपर्ने विधार्थी संगठनभित्र पनि वहस शुरु भएको छ । त्यसका लागि अबको अखिल (क्रान्तिकारी)को नेतृत्व कसको काँधमा जिम्मा लगाउने ? नेतृत्वको खोजी शुरु भएको छ ।
अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अहिले सम्मुखमा छ । भोलि छाडी पर्सिबाट अर्थात असोज १४ देखि १६ सम्म क्रान्तिकारीको सम्मेलन हुदैछ । काठमाडौंको प्रज्ञा भवनमा क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको अध्यक्ष रञ्जित तामाङले बताए ।
सम्मेलनले अवको दुई वर्ष संगठन हाक्ने नयाँ नेतृत्व चयन गर्नेछ । त्यही कारण पनि माउ पार्टी माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा पार्टी पूर्ननिर्माणका लागि सोचे अनुसारको नेतृत्व विद्यार्थी संगठनभित्र पनि सम्मेलनवाट खोजी गर्नुपर्ने आवाज उठेको हो ।
विद्यार्थीको अध्यक्षका लागि अहिलेका उपाध्यक्ष र महासचिवसम्म अध्यक्षका आकाक्षी छन् । उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, पञ्चा सिंह, विजय गौतम, दिपेश पुन र महासचिव उत्तम अधिकारी अहिले अध्यक्षको आकाक्षी छन् । यसमध्ये प्रचण्डको सोच अनुसार विद्यार्थी संगठनलाई गुटविहिन बनाएर कसले हाक्न सक्छन् ? भन्ने गरी प्रचण्डले आकाक्षी नेताहरुको नाडी छाम्न थालेका छन् । त्यही क्रममा उनले आकाक्षी नेताहरुलाई मंगलवार आफ्नै निवास खुमलटारमा बोलाएर दिनभर जसो वान अन वान (एक्लाएक्लै) छलफल गरेका छन् ।
तर उनले आकाक्षीमध्येवाट यसैलाई अध्यक्ष बनाउने भन्ने गरी ‘ग्रिन सिंग्नल’ दिएका छैनन । प्रचण्ड भेटेका एक विद्यार्थी नेताले भने,–‘सवै आकाक्षीहरुसँग अध्यक्षले भेटनुभएको छ, सवैका कुरा खुलस्त सुन्नुभएको छ । कसैलाई पनि निरास बनाउनु भएको छैन । सवैलाई उत्साहित नै बनाएर पठाउनु भएको छ । हेरौं, अव पार्टीले कसलाई नेतृत्वको जिम्मा लगाउँछ ?’
प्रचण्डले आकाक्षी सँग एक चरण छलफल गरेपछि वुधबार स्थायी समितिमा यस विषयमा छलफल गर्ने जानकारी विद्यार्थी नेताहरुलाई दिएका छन् ।
१० वर्षे माओवादी जनयुद्दवाट खारिएर आएको विद्यार्थी नेताहरुको अन्तिम पुस्ताले यो सम्मेलनबाट नेतृत्व पाउनेछन् । त्यसपछि भने जनयुद्दको प्रत्यक्ष राप-ताप नभोगेको विद्यार्थी नेताहरुमा नेतृत्व हस्तान्तरण हुनेछ । जनयुद्दमा आफैले खेपे भोगेको र त्यही भट्टीवाट खारिएर आएका नेताहरुले नेतृत्व हाक्ने यो सम्मेलन अन्तिम सम्मेलन हुने भएकाले पनि नेतृत्वमा कसले बाजी मार्ला भन्ने चासो पनि क्रान्तिकारीका विद्यार्थीहरुमा बढेको छ ।
रञ्जित तामाङ नेतृत्वको अहिलेको यो नेतृत्व सम्मेलनमा पहिलो पटक निर्वाचन विधिवाट निर्वाचित भएर आएको हो । तर निर्वाचनवाट आउँदा जित हुने पक्ष उत्साहित हुने र पराजित पक्ष निराश हुने अवस्था देखिएपछि र निर्वाचन परिणामले संगठनको तल्लो तहसम्मै कित्तावन्दीका साथ गुटवन्दी झन मौलाउने देखेपछि यसपटक विद्यार्थी नेताहरुलाई प्रचण्डले निर्वाचनमा जान नदिने रणनीति बनाएका छन् ।
विधार्थी संगठनका नेताहरुलाई पटक-पटक आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले निर्वाचन नभई सहमतिमा नेतृत्व चयन गर्न आग्रह् समेत गरिरहेको अध्यक्षका आकाक्षी विद्यार्थी नेताहरुले नै बताएका छन् । प्रचण्डले उपाध्यक्ष र महासचिव सम्मवाट सहमतिमा नेतृत्व चयन गर्न विद्यार्थी नेताहरुलाई निर्देशन गरिसकेका छन् ।
‘सबैले ‘म’ हुन्छु भन्ने होइन, सबैले ‘म’ नयॅा भूमिकामा जान्छु भन्नु नै तपाईहरुको विद्यार्थी संगठनको नेतृत्व सम्वन्धी समाधान हो’ प्रचण्डले आकाक्षी नेताहरुलाई बोलाएर निर्देशन दिएका छन् ।
आकाक्षी नेता कुन कस्ता ?
अखिल क्रान्तिकारीको सम्मेलनमा झण्डै आधा दर्जन वढी विद्यार्थी नेताहरु अध्यक्षका आकाक्षी छन् । अध्यक्षको दौडमा अहिलेका उपाध्यक्ष सुरेन्द्र बस्नेत, दिपक देवकोटा, विजय गौतम, पञ्चा सिंह, तिलकराज भण्डारी, दिपेश पुन, रविकिरण यादव र इन्द्र भुसाल र महासचिव उत्तम अधिकारी छन् ।
जसमध्ये पनि उपाध्यक्ष बस्नेत, भण्डारी, सिंह र महासचिव अधिकारी मुख्य आकाक्षी रहेको विद्यार्थी संगठनभित्र चर्चा चल्ने गरेको छ । उपाध्यक्ष देवकोटा र सिंह नेता जर्नादन शर्मासँग नजिक रहेकोले यी दुईमध्ये एक आकाक्षी रहने तर त्यसमा सिंहलाई शर्माले अगाडी सार्ने चर्चा विद्यार्थी संगठनभित्र छ । तर देवकोटाले आफु पनि अध्यक्षको दावेदार भएको बताएका छन् ।
सम्मेलनवाट नेतृत्व हत्याउन आकाक्षी नेताहरुले पार्टीका एक एक जना नेताहरुलाई ‘टावर’ बनाएका छन् । जस्तोकी बस्नेतले आफुलाई वर्षमान पुन र शक्ति बस्नेतको समर्थन रहेको बताईरहेका छन् । सिंह र देवकोटाले जर्नादन शर्मा, भण्डारीले कृष्णवहादुर महरालाई आफनो ‘टावर’ नेताका रुपमा चिनाईरहेका छन् ।
अध्यक्षकै प्रत्याशी महासचिव अधिकारीलाई पनि पम्फा भुसाल, विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य लगायत नेताको साथ रहेको चर्चा विद्यार्थी संगठन भित्र हुने गर्छ । तर उनले आफु नेताको ‘टावर’मा भन्दा विद्यार्थी संगठनलाई सन्तुलनमा मिलाएर लैजान सवैको साझा र सहमतिको दावेदारका रुपमा प्रस्तुत भएको विद्यार्थीमाझ बताउने गरेका देखिन्छ ।
विद्यार्थी संगठनभित्र गत सम्मेलनको चुनावमा अनिल शर्मा र रञ्जित तामाङ वीचको प्यानल प्रतिस्पर्धा भएपछि देखिएको चरम गुटवन्दीमा पनि महासचिव अधिकारीले भने दुवै समुहका वीचमा रहेर सन्तुलनकारी भूमिका खेलेको चर्चा विद्यार्थी संगठनभित्र हुने गर्छ ।
उनले गुण र दोषका आधारमा संगठनभित्र जिम्मेवारी र कार्यक्षमता प्रर्दशन गर्ने गरेको चर्चा विद्यार्थी संगठनमा छ ।
उपाध्यक्ष बस्नेत माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टीमा पुगेका थिए । त्यस अगाडी उनी एमाले अखिलमा थिए । एमाले अखिलबाटै उनले आरआर क्याम्पसको स्ववियु सदस्य, सहसचिव र उपाध्यक्ष सम्मको भूमिका निर्वाह गरेका थिए । तर उनका दाई पुष्पराज बस्नेत र भाई धिरेन्द्र बस्नेत भने माओवादी युद्दमा सहभागी भई राज्यवाट वेपत्ता पारिएका थिए ।
पत्रकारिता र राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका बस्नेत वढी प्रचारमुखी नेता पनि हुन् । उनी अहिले त्रिभुवन विश्वविद्यालयबाट पिएचडीसमेत गर्दैछन् ।
देवकोटा राजनीति शास्त्रमा पिएचडी गदैछन् । उनले जनयुद्दका क्रममा महासचिव अधिकारीसँगै ४ वर्ष भन्दा लामो समय जेल जीवन विताएका थिए । उपत्यकामा क्याम्पस जिल्लाको अध्यक्ष, केन्द्रीय समिति, बागमती प्रदेश इन्चार्ज, दुई पटक उपाध्यक्ष भईसकेका छन् देवकोटा ।
सल्यान घर भएका अर्का अध्यक्षका प्रत्याशी भण्डारी उपत्यका वाहिर वढी संगठनको काममा भिजेका नेता हुन् । उनले राप्ती क्षेत्र र लुम्बिनी क्षेत्रमा वसेर काम गरेको वढी अनुभव छ । उनलाई अध्ययनशील नेताका रुपमा पनि क्रान्तिकारीका विधार्थीहरुले चिन्ने गरेका छन् ।
उपाध्यक्ष सिंह कर्णाली प्रदेशको माओवादी केन्द्रको प्रदेश सदस्य पनि हुन् । महिलाबाट नेतृत्व हत्याउने दौडमा उनी अहिले लागेकी छिन् । क्रान्तिकारीको १७ औं राष्ट्रिय सम्मेलनवाट केन्द्रीय समितिमा निर्वाचित सिंह महिलाले यसपटक क्रान्तिकारीको नेतृत्व पाउनु पर्ने भन्दै दौडमा छिन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा उनले एमए गरेकी छिन् ।
महासचिव अधिकारी जनयुद्दका क्रममा चार वर्ष भन्दा लामो समय जेल वसेका विद्यार्थी नेता हुन् । उनीसँग क्याम्पस जिल्ला समितिको सचिव, ललितपुर जिल्लाको दुई कार्यकाल अध्यक्ष, केन्द्रीय सदस्य, बाग्मति प्रदेश इन्चार्ज, महासचिव भएको अनुभव पनि छ । संगठनमा उनी वैचारिक, आथिर्क रुपमा पारदर्शी र सवैलाई मिलाउन सक्ने सन्तुलनकारी नेताका रुपमा चिनिन्छन् । अन्र्तमुखी स्वभावका उनले राजनीतिशास्त्रमा एमए, कानुनमा एलएलएम सम्मको अध्ययन गरेका छन् ।
अर्का उपाध्यक्ष विजय गौतम भद्र, शालीन र कम बोल्ने नेतामा पर्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्दैछन् । हेटौँडा क्याम्पसको स्ववियु सभापति समेत भईसकेका उनी क्रान्तिकारीको १८ औं राष्टिय सम्मेलनबाट केन्द्रीय सदस्य भएका थिए । उपाध्यक्ष नै रहेका दिपेश पुन उपराष्ट्रपति नन्दवहादुर पुनका छोरा हुन् । उनले पनि अध्यक्षमा दावी गरेका त छन्, तर उनी अध्यक्षका भन्दा पनि यो कार्यकाल महासचिव र अर्काे कार्यकाल अध्यक्ष हुने गरी अगाडी वढ्न खोजेका छन् ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया