साताको चौथो दिन शेयर बजार सकारात्मक

काठमाडौं । साताको तीन दिन लगातार उच्च अंकले घटेको शेयर बजारमा बुधबार सकारात्मक देखिएको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ५८ अंकले वृद्धि भई २ हजार ६ सय ६६ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २ प्रतिशत बढी हो ।
केन्द्रीय बैंकबाट जारी मौद्रिक नीति, अर्थमन्त्रीको विवादास्पद अभिव्यक्ति, ब्याजदर वृद्धि र लगानीकर्ताबीच दोधारे अभिव्यक्तिले शेयर बजारमा ऋणात्मक असर देखिएको थियो ।
बैंकहरुका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया धेरै अघि बढेको संकेत देखिएपछि शेयर ब्रोकरहरु केही आतंकित देखिएका थिए । जुन अघिल्ला शेयर कारोबारमा देखिएका छन् ।
तर, बुधबारको शेयर कारोबारमा १३ कम्पनी समूहका सबै उपसुचकमा सुधार देखिएको छ । यो शेयर कारोबारको सकारात्मक सुधार हो । बजार बढ्दा लगानीकर्ताहरुमा फेरि बजार घट्ने आंशकाले घाटा कम खाने मौका खोज्दा विक्रीमा लागेको शेयर लगानीकर्ता नवराज अधिकारीले सामाजिक सञ्जालमा देखाएका छन् ।
बुधबार कूल २ सय २९ कम्पनीको ६३ हजार ९ सय १६ कारोबारबाट ९ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ बराबरका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीकाअनुसार सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहँदा र उनीहरुको लाभांश वितरणको क्षमता ३ प्रतिशत भन्दा बढी भएका कम्पनीहरुको पनि शेयर मूल्यमा गिरावट देखिएकोले लाभांश क्षमता शेयर बजारमा राम्रो देखिएको बताए । उनले भने,‘यद्यपी शेयर मूल्यमा निरन्तर गिरावट आउनु आश्चर्यजनक भएको छ ।’

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया