आइतबार, माघ २७, २०८१

उद्योग परिसंघ र एक्यानबीच अभिवृद्धि गर्ने योजना

मेरोन्यूज २०७८ असोज १३ गते १७:२२

काठमाडौं । आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले अभिवृद्धि गर्ने योजना बनाएका छन् ।

दुई समूहबीच बुधबार परिसंघको कार्यालय थापाथली काठमाडौंमा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् ।

दुवै संस्थाले एकआपसमा सहयोग अभिवृद्धि गर्नेछन् । यसैगरी दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसँग आपसी सहकार्यमा कार्य गर्ने सहमतिपत्रमा उल्लेख छ ।

दुवै संस्था मिलेर आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि पनि काम गर्ने, साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम सञ्चालन गर्न पनि दुवै निकाय सहमत भएका हुन् ।

समझदारीअनुसार परिसंघका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यको रुपमा प्रतिनिधित्व रहनेछ । यसैगरी दुवै संस्थाका प्रदेश एवं जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गर्ने छन् ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले परिसंघले आफ्ना कार्यक्रम विस्तारका क्रममा विभिन्न निकायसँग समझदारी गरेर अघि बढिरहेको बताए । उनले यस सझदारीले दुई निकायबीच आपसी सम्बन्ध विस्तार भइ एक अर्काका सदस्यहरुले लाभ लिन सक्ने आशा व्यक्त गरे ।

चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने भन्नुहुँदै त्यसका लागि दुवै निकायले मिलेर अघि बढ्न सकिने उल्लेख गरे ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं बैंकिङ समितिका सभापति अनिलराज भट्टराई एवं संघका उपाध्यक्ष रमेशकुमार धिताल, महासचिव तेजप्रसाद सुवेदी र कोषाध्यक्ष सुशील घिमिरेको उपस्थिति थियो ।

Advertisement

प्रतिक्रिया