उपत्यकाका जिल्ला प्रशासनकाे निर्णयप्रति गृह मन्त्रालयकाे आपत्ति

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । उपत्यकाको दुई जिल्लाले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण गर्ने भन्दै विभिन्न आदेश जारी गरेको थियो ।
‘नेपालको संविधान, प्रचलित कानून र कोभिड १९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुने पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रशासनले घर बाहिर निस्कने, जम्मा हुने, सभा जुलुस गर्ने, भोज भतेरलगायत नगर्ने नगराउने, घरभित्रै बसेर चाड पर्व मनाउनेजस्ता आदेश जारी गरेको थियो । यस्तै, कूल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा मास्क लगाउने, अनिवार्य रुपमा स्यानिटाइर प्रयोग गर्न आग्रह गरेको छ ।
गत वैशाख १६ गतेदेखि लागु भएको निषेधाज्ञा खुकुलो हुँर्दै गर्दा जिल्ला प्रशासनले केही कडाई गर्ने निर्णय गरेको हो ।















कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया