एमाले विधान महाधिवेशनमा को को हुँदैछन् सहभागी ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशन आजदेखि हुँदैछ । आजबाट सुरु हुने एमालेको विधान महाधिवेशन आइतबार सकिनेछ । एमालेले पहिलो पटक विद्यान महाधिवेशन गर्न लागेको हो ।
यसअघि पार्टीको महाकिधवेशनमा नीति र नेतृत्व चयन गर्दै आएको एमालेले यसपटकबाट नीति र नेतृत्वको महाधिवेशन अलग-अलग गर्न लागेको छ । विधान महाधिवेशनमा करिब ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने एमालेले जनाएको छ ।
महाधिवेशनमा केन्द्रीय कमिटी पदाधिकारी तथा सदस्य, केन्द्रीय आयोग तथा परिषद्, केन्द्रीय विभाग, जनसंगठन, प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटीक पदाधिकारी, निर्वाचन क्षेत्रबाट, प्रवास क्षेत्र, स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु, एकता प्रक्रियाबाट समायोजन, केन्द्रीय कमिटीबाट मनोनयनबाट गरी ६ हजार ३ सय ४७ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
सूची
विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु :
१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु– १९६
२. केन्द्रीय आयोग तथा परिषद्– २१३
३. केन्द्रीय विभाग– ३१०
४. जनसंगठन– २२०
५. प्रदेश कमिटी– २२७१
६. उपत्यका विशेष कमिटी– १९८
७. सम्पर्क समन्वय कमिटी– ३६०
८. जिल्ला कमिटीक पदाधिकारी– ३६४
९. निर्वाचन क्षेत्रबाट– ४०७
१०. प्रवास क्षेत्र– १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
१२. एकता प्रक्रियाबाट समायोजन– ५३२
१३. केन्द्रीय कमिटीबाट मनोनयन– ५६६
जम्मा– ६३४७
यो पनि पढ्नुहोस्
एमाले विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि सहभागी हुने
प्रतिक्रिया