एमाले विधान महाधिवेशनमा को को हुँदैछन् सहभागी ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशन आजदेखि हुँदैछ । आजबाट सुरु हुने एमालेको विधान महाधिवेशन आइतबार सकिनेछ । एमालेले पहिलो पटक विद्यान महाधिवेशन गर्न लागेको हो ।
यसअघि पार्टीको महाकिधवेशनमा नीति र नेतृत्व चयन गर्दै आएको एमालेले यसपटकबाट नीति र नेतृत्वको महाधिवेशन अलग-अलग गर्न लागेको छ । विधान महाधिवेशनमा करिब ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने एमालेले जनाएको छ ।
महाधिवेशनमा केन्द्रीय कमिटी पदाधिकारी तथा सदस्य, केन्द्रीय आयोग तथा परिषद्, केन्द्रीय विभाग, जनसंगठन, प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटीक पदाधिकारी, निर्वाचन क्षेत्रबाट, प्रवास क्षेत्र, स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु, एकता प्रक्रियाबाट समायोजन, केन्द्रीय कमिटीबाट मनोनयनबाट गरी ६ हजार ३ सय ४७ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
सूची
विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु :
१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु– १९६
२. केन्द्रीय आयोग तथा परिषद्– २१३
३. केन्द्रीय विभाग– ३१०
४. जनसंगठन– २२०
५. प्रदेश कमिटी– २२७१
६. उपत्यका विशेष कमिटी– १९८
७. सम्पर्क समन्वय कमिटी– ३६०
८. जिल्ला कमिटीक पदाधिकारी– ३६४
९. निर्वाचन क्षेत्रबाट– ४०७
१०. प्रवास क्षेत्र– १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
१२. एकता प्रक्रियाबाट समायोजन– ५३२
१३. केन्द्रीय कमिटीबाट मनोनयन– ५६६
जम्मा– ६३४७
यो पनि पढ्नुहोस्
एमाले विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि सहभागी हुने

















आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया