आँखामा लाग्ने रोग ‘सापु’बाट कसरी बच्ने ?

काठमाडौँ । सामान्यतया सापु आँखामा लाग्ने एक किसिमको रोग हो । जसले अचानक आँखा रातो बनाउँछ । जसलाई हामी सापु रोग भनेर बुझ्न सक्दछौँ । वयस्कको तुलनामा यो रोग बालबालिकामा ८० प्रतिशत बढी समस्या देखिन्छ ।
यो रोग एउटा आँखामा मात्र देखिन्छ । यो रोग सेतो पुतलीको संक्रमणबाट देखिने भनिए पनि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएकाहरुलाई पनि देखा परेको छ । अन्य जीवाणु र विषाणुका कारण समेत यो रोग लागेको पाइन्छ ।
सापु रोग अचानक आँखामा लाग्ने हुँदा छोटो समयमै ज्योति गुम्न सक्दछ । यसको लक्षण देखिएको २४ देखि ४८ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ । धेरै संख्यामा यो रोग नदेखिए पनि यसको प्रभाव भने ठूलो रहेको छ । जति सक्दो छिटो अस्पताल लग्नु पर्छ ।
यो रोग बढी गण्डकी प्रदेशमा देखिएको पाइन्छ । यो सधै देखिने रोग होइन । कहिलेकाहीँ देखिने रोग हो । तर खतरनाक हुन्छ । वर्षको भदौँ र असोज महिनामा यो रोग बढी देखिन्छ ।
सापु देखिएमा उज्यालो हेर्न गाह्रो हुन्छ । र, कालो भागका बीचमा सेतो देखिन्छ । छोटो अवधिमा आँखाको ज्योति कम हुन्छ । ज्योति गुम्ने अवस्था आउन सक्छ ।
यो रोग लागेपछि आँखाका भित्री भागमा संक्रमण भई पिप भरिन्छ । समयमै उपचार गराउन सकेमा आँखाको शल्यक्रिया सम्भव हुन सक्दछ । यो रोगको लक्षणहरु देखा परेको गम्भीर केसमा २ देखि ४ घण्टामै आँखाको दृष्टिसमेत गुम्न सक्ने खतरा हुन्छ ।
यसका लक्ष्ण
आँखामा चिप्रा नलाग्ने ।
उज्यालोमा हेर्न गाह्रो हुने ।
आँखाको नानीभित्र पिप जमेको देखिनु ।
आँखाको नानी सेतो देखिनु वा सेतो भएर टल्किनु ।
आँखाको डिल सुनिने ।
आँखा दुख्ने ।
बच्ने उपाय
आँखाको अचानक रातो देखिएमा तुरुन्तै अस्पताल जाने ।
सेतो पुतली तथा किरा फट्याग्राबाट बालबालिकालाई जोगाउने ।
पुतली तथा किरा पखेटाबाट झर्ने धुलो आँखामा पर्न नदिने ।
सकेसम्म सेतो सिएफएल बत्ती नबाल्ने ।
बालबालिकाहरुले हेर्न सकेको नसकेको जाँच गर्न अभिभावकले एउटा आँखा बन्द गर्न लगाएर एउटाले हेर्न लगाउने ।
झुल हालेर सुत्ने ।
(तिलगंगा प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. मानन्धरसँग गरिएको कुराकानीमा आधारित)









निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया