आँखामा लाग्ने रोग ‘सापु’बाट कसरी बच्ने ?

काठमाडौँ । सामान्यतया सापु आँखामा लाग्ने एक किसिमको रोग हो । जसले अचानक आँखा रातो बनाउँछ । जसलाई हामी सापु रोग भनेर बुझ्न सक्दछौँ । वयस्कको तुलनामा यो रोग बालबालिकामा ८० प्रतिशत बढी समस्या देखिन्छ ।
यो रोग एउटा आँखामा मात्र देखिन्छ । यो रोग सेतो पुतलीको संक्रमणबाट देखिने भनिए पनि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएकाहरुलाई पनि देखा परेको छ । अन्य जीवाणु र विषाणुका कारण समेत यो रोग लागेको पाइन्छ ।
सापु रोग अचानक आँखामा लाग्ने हुँदा छोटो समयमै ज्योति गुम्न सक्दछ । यसको लक्षण देखिएको २४ देखि ४८ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ । धेरै संख्यामा यो रोग नदेखिए पनि यसको प्रभाव भने ठूलो रहेको छ । जति सक्दो छिटो अस्पताल लग्नु पर्छ ।
यो रोग बढी गण्डकी प्रदेशमा देखिएको पाइन्छ । यो सधै देखिने रोग होइन । कहिलेकाहीँ देखिने रोग हो । तर खतरनाक हुन्छ । वर्षको भदौँ र असोज महिनामा यो रोग बढी देखिन्छ ।
सापु देखिएमा उज्यालो हेर्न गाह्रो हुन्छ । र, कालो भागका बीचमा सेतो देखिन्छ । छोटो अवधिमा आँखाको ज्योति कम हुन्छ । ज्योति गुम्ने अवस्था आउन सक्छ ।
यो रोग लागेपछि आँखाका भित्री भागमा संक्रमण भई पिप भरिन्छ । समयमै उपचार गराउन सकेमा आँखाको शल्यक्रिया सम्भव हुन सक्दछ । यो रोगको लक्षणहरु देखा परेको गम्भीर केसमा २ देखि ४ घण्टामै आँखाको दृष्टिसमेत गुम्न सक्ने खतरा हुन्छ ।
यसका लक्ष्ण
आँखामा चिप्रा नलाग्ने ।
उज्यालोमा हेर्न गाह्रो हुने ।
आँखाको नानीभित्र पिप जमेको देखिनु ।
आँखाको नानी सेतो देखिनु वा सेतो भएर टल्किनु ।
आँखाको डिल सुनिने ।
आँखा दुख्ने ।
बच्ने उपाय
आँखाको अचानक रातो देखिएमा तुरुन्तै अस्पताल जाने ।
सेतो पुतली तथा किरा फट्याग्राबाट बालबालिकालाई जोगाउने ।
पुतली तथा किरा पखेटाबाट झर्ने धुलो आँखामा पर्न नदिने ।
सकेसम्म सेतो सिएफएल बत्ती नबाल्ने ।
बालबालिकाहरुले हेर्न सकेको नसकेको जाँच गर्न अभिभावकले एउटा आँखा बन्द गर्न लगाएर एउटाले हेर्न लगाउने ।
झुल हालेर सुत्ने ।
(तिलगंगा प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. मानन्धरसँग गरिएको कुराकानीमा आधारित)
















नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया