आइतबार, माघ २७, २०८१

माया किन्न मिल्ने भए घर नै बेचिदिन्छु– रिया श्रेष्ठ, मोडल

नरेन्द्र रौले २०७८ असोज १६ गते १७:०३

आफ्ना हरेक अभिव्यक्ति र अभिनयले गर्दा मोडल रिया श्रेष्ठ चर्चामा आइरहिन् । ९० वटा भिडिओहरुमा अभिनय गरिसकेकी रियालाई विभिन्न महोत्सव र सांगितिक कार्यक्रमहरुले चर्चामा ल्यायो ।

नेपाल बाहिर कतिपय देशमा उनको नृत्यले हंगामा मच्चाएको थियो । यतिखेर उनी काठमाडौ“स्थित गैरीधारा आफ्नै निवासमा दिनचर्या बिताइरहेकी छन् । पहिले भन्दा शान्त रियाको रमाइलो गर्ने बानी भने छुटेको छैन ।

पहिलो विदेश यात्रा

रियाको पहिलो विदेश यात्रा यूएईको दुबईबाट सुरु भयो । त्यसपछि त उनका लागि विदेश यात्राको बाटो खुलिहाल्यो । सन् २००९ मा युरोप पुगेकी रियालाई विदेशमा रहेका नेपालीहरुले माया गरेर कार्यक्रममा निम्तो दिन थाले ।

कतार, मलेसिया, माल्दिभ्स, मकाउ, सेसेल्स, दक्षिण अफ्रिका, सिंगापुर, हङकङ, भारत लगायतका देशहरुमा उनले पाइला टेकिसकेकी छिन् । जुन देशमा उनले पाइलो टेकिन्, सबै ठाउमा प्राथमिकता परेको उनको अनुभव छ ।

मलेसियामा सी फुडको स्वाद लिदा उनलाई फरक अनुभव बटुलिन् । पहिलो विदेश यात्रा गरेको दुबईमा उनले महंगो सपिङ गरेको बिर्सन सकेकी छैनन् ।

दीलिप रायमाझीसँग ‘यानिमाया

रियाले पहिलो म्युजिक भिडिओ नायक दीलिप रायमाझीस“ग ‘यानिमाया हो, तिम्राे पछ्यौरीमा अल्झ्यो मेरो मन……..’ मा अभिनय गरिन् ।

सन् २०१० तिरको कुरा हो । यस भिडिओमा अभिनय गरेबापत उनले २ हजार रुपैंयाँ पारिश्रमिक स्वरुप हात पारेकी थिइन् ।

डान्स गरेरै कमाएको पैसाले काठमाडौंमा घडेरी

पहिलो पटक भिडिओमा अभिनय गरेबापत २ हजार रुपैंयाँ पारिश्रमिक लिएकी रियाले एक पटक स्टेजमा डान्स गरेको ८० हजारदेखि २ लाख ५० हजार रुपैंयाँसम्म लिएको बताइन् ।

‘चलेको समयमा राम्रो पारिश्रमिक लिएँ ।’ रियाले भनिन्, ‘कतिपय ठाउमा पैसाको डिल हुन्न, कतिपय ठाउमा भने सुरुमै फिक्स हुन्छ ।’
कुनै कार्यक्रममा डान्स गर्नु अगाडि कस्तो ड्रेस लगाउने भनेर सल्लाह गर्छिन् ।

आयोजकका अनुसार फ्रि डान्स, कम्पोज डान्स उनले प्रस्तुत गर्छिन् । डान्स गरेरै कमाएको पैसाले उनले काठमाडौंमा जग्गा किनिन् ।

Advertisement

यस्तै उनले ४ वटा स्कुटर फेरेको बताइन् ।

पहिरन र ग्याजेट्स

रियाले सामसुङको एसएन १ लाख ५४ हजार रुपैंयाँ पर्ने मोबाइल बोक्छिन् । अर्को आइफोन ६ प्लस मोबाइल बोक्छिन् । यसको १ लाख ५० हजार रुपैंयाँ खर्चिएकी थिइन् ।

उनलाई ट्रयाक सेटहरु र कन्भर्स जुत्ता लगाउन मन पर्छ । सारी लगाउँदा आफूलाई अझ राम्री देखिने उनी बताउ“छिन् । पहिला पहिरन र ग्याजेट्समा उनले धेरै पैसा खर्च गर्थिन् ।

जबदेखि पैसालाई चिन्न थालिन्, तब खर्च घटाइन् । ‘पहिला त जे देख्यो, त्यही सामान किन्थें ।’ रियाले सुनाइन्, ‘जब दुःख, संघर्ष बुझें । खर्च घटाउन थालें ।’

एयर होस्टेस बन्ने अधुरो सपना

रियाको एयर होस्टेस बन्ने सपना थियो । उनी एयर होस्टेसको तालिम लिदै थिइन् । त्यही बेला आमा बिरामी परिन् ।

‘एक्लो छोरी भएकाले आमा डराउनु भयो ।’ रियाले त्यो पल सम्झिदै भनिन्, ‘अनि सिक्दा सिक्दै छाडें ।’ उनले बुटिक र पार्लर पनि सिकेकी थिइन् ।

केही वर्ष अगाडि बुटिक र पार्लर सेयरमा पनि सञ्चालन गरेकी थिइन् । लकडाउन सुरु भएपछि भने त्यो व्यवसायमा बिश्राम लाग्यो ।

जीवनसाथीको खोजीमा रिया

आमा स्याहार गरेर बसेकी रियालाई अचेल एक्लोपनले निकै सताइरहेको छ ।

अब कहिलेसम्म एक्लो बस्ने ? उनी छिटो भन्दा छिटो कसैलाई जीवनसाथीका रुपमा अंगाल्न चाहन्छिन् । उनलाई माया गर्छु भन्नेहरुको त कमी छैन । अझै पनि प्रेम प्रस्ताब उत्तिकै आइरहन्छन् । तर, अब प्रेम गरेर बस्नका लागि समय नभएको उनी बताउछिन् ।

रियालाई माया गर्ने, बुझ्ने, सहयोग गर्ने व्यक्तिको भने खाँचो छ । उनको मनमा अथाह पीडा लुकेको छ । जो रियाको नजिक हुन खोजे, उनीहरु स्वार्थी भएको कुरा उनले ढिलो गरी महशुस गरिन् । निस्वार्थी र चोखो माया गर्ने मान्छे पाउनु दुर्लभ नै लाग्छ उनलाई ।

आफूले जहिल्यै साचो बोलेर सम्बन्ध गाँसे पनि अरुले झुटो बोलेर आफ्नो बनाउँन खोजेकोले दुःख र धोका पाएको रियाको तीतो अनुभव छ ।

चाहे जस्तो जीवनसाथी नभेटिएको उनी बताउँछिन् । यदि मिल्ने भए मायाका लागि आफ्नो घर नै बेचिदिन तयार रहेको उनले दोहो¥याइन् ।
‘बरु पैसावाला मान्छे चाहिएन । भनेजस्तो माया पाइने भए त म घरै बेचिदिन्थें ।’ उनले मनको बह पोखिन्, ‘मेरो मनमा त्यति पीडा लुकेको छ ।’

प्रतिक्रिया